सांसद पौडेलले भनिन् : कश्मिर हस्तक्षेप विरुद्ध नेपाल सरकार किन चुप ?

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भारतले कश्मिरमा गरेको हस्तक्षेप विरुद्ध नेपाल सरकार बोल्नुपर्ने बताएकी छन्।

कस्मिरका जनताको स्वतन्त्रता खोसिएको र यो विषय भारतको मात्रै नभएर अन्तर्राष्ट्रिय विषय भएकाले यसबारे सरकारले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनले बताइन्।

मंगलवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद पौडेलले भनिन्, ‘भारत सरकारले संविधानको धारा ३७० हटाएर प्रत्यक्ष शासन गर्ने निर्णय गरेको अवस्था छ। १९४८ को भारत पाकिस्तान र संयुक्त राष्ट्रसंघबीचको त्रिपक्षीय सम्झौता अनुसार उनीहरूलाई त्यहाँ जनमत संग्रह गर्ने अधिकार दिएको थियो, भारतले त्यो अधिकार हटायो।’

राजमामोकी उपाध्यक्ष समेत रहेकी सांसद पौडेलले कस्मिरका जनता भारतमा बस्ने कि पाकिस्तानमा गाभिने वा स्वतन्त्र राज्य बनाउने उनीहरुको आत्मनिर्णयको अधिकार भएको उल्लेख गर्दै भारतले त्यसमाथि हस्तक्षेप गर्न नमिल्ने बताइन्।

कस्मिरी जनताको स्वतन्त्रता हनन् हुनु गम्भीर विषय भएकाले यसप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने नेत्री पौडेलको माग छ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कस्मिरमा भएकाे भारतीय हस्तक्षेपविरुद्ध सरकारले विराेध गर्नुपर्ने माग गरे।उनले प्रतिपक्षमा रहँदा भारतले बनाएका बाँधका कारण तराईमा भइरहेकाे डुबानविरद्ध बाेल्ने प्रधानमन्त्री आेलीले सरकारमा गएपछि भारतीय हस्तक्षेपविरुद्ध एक शब्द बाेल्न नसकेकाे भन्दै आलाेचना गरेका थिए।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको