मौसम : यी स्थानमा वर्षा हुने

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनकको न्यून चापीय रेखा औसत स्थानमा रहेको जनाएको छ । महाशाखाले हाल देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ ।

आगामी २४ घण्टाको मौसमका सम्बन्धमा जानकारी दिँदै महाशाखाले केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले जनाएको छ । त्यसैले मेघ गर्जन र चट्याङ्गबाट बँच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै चुरेबाट बहने नदिमा पानिको बहावमा आकस्मिक बृद्धी हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

बिहीबार दिउँसो अधिकांश स्थानमा वदली भई पश्चिम, मध्य तथा पूर्वी पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बिहीबार राति देशका धेरैजसो स्थानहरुमा वदली रही केही स्थानमा वर्षा हुनेछ भने पश्चिमी तथा मध्य भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रकार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य वदली रही केही स्थानमा वर्षा हुने तथा राती देशभरी वदली रही पश्चिम, का केही स्थानमा एवं पूर्व तथा मध्यका धेरै स्थानमा वर्षा हुने सम्भाना छ ।

त्यस्तै शनिबार दिउँसो देशका अधिकांश स्थानमा वदली रही मध्य तथा पूर्वका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा मध्य भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार शनिबार राति देशका धेरैजसो स्थानमा वदली केही स्थानमा वर्षा हुनेछ । त्यस्तै पश्चिमी पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको