देश विकासको बाघडोर सरकार र जनतालाई बराबर

  • श्रीना नेपाल

हुँदैन विहान मिरमिरमा तारा झरेर नगए
बन्दैन देश दुई चार सपूत मरेर नगए !

अझै कति सपुतको बलि चाहिएको हो? मलाई त लाग्छ अब त असल सपुतले पनि यश देशमा पाइला टेक्न जर्मराउँछन् होला१ ती वीर गोर्खालीका पद्चापहरु पनि काप्दै होलान् नामको मत्रै सर्वभैमित्ता देखेर ! दोष कस्को? देशको नेतृत्वकर्ताहरुको वा हामी जस्ले उनिहरुलाई रोज्यौ ?

देशको वर्तमान परिस्थिति नियाल्ने हो भने एकदमै दयनिय रहेको देखन सकिन्छ। भर्खरै बाढी पहिरोको कारणले जनधनमा क्षति पुर्यायो तर कसैले केहि गर्न सकेन । हाम्रो देशमा बर्खायाममा यस्तो समस्या आइरहन्छ भन्ने कुराबाट हामी अनविज्ञ छैनौं, न त सरकार नै छ, तर सरकारले यस कुरामा ध्यान नदिएको कारण जनताको स्थिति झनै दयनीय भएको हो, विनाश हुनु अघावै ध्यान दिन नसके पनि विनाश भैसके पछि त ध्यान जनै पर्ने हो तर अह! सायद कुर्सीबाट ध्यान हटाउन नसकेर होला, जस्ले गर्दा र जस्को लागि प्रधान गरिएको हो उस्को रसोवासो उजाडिएर विचल्ली भएको पनि नदेखिएको!
विषादी खाएर रोगी हुनेको संख्या बढ्दो छ, फलफूल, तरकारी देखि लिएर हरएक खाद्यवस्तुमा विषादी प्रयोग भएको पाइन्छ । यी विषादी युक्त्त फलफूल तथा तरकारीहरुको आयात हाम्रो छिमेकी मुलुक भारतबाट गरिन्छ, यहाँ भित्र्यउनु भन्दा अघि त्यसको जाँच राम्ररी नगर्ने कारणले गर्दा यस्तो बिग्बिगी बढेको हो ।

भर्खरै नयाँ नियम बनाइयो, जाँच नगरी सामान नभित्र्याउने तर विडम्बना त्यो नियम सुचारु हुनु अघावै विलोप गराइयो, अनि जब सर्वसाधारण द्ववारा आवज उठाइयो तब हाम्रो माननीय प्रधानमन्त्री ज्युको मुखाराबिन्दुबाट आश्चर्यजनक कुराको जानकार गराइयो कि उहाँले भारतबाट विषादी परिक्षण नगर्न आग्रह गरेर पठाइएको चिठीको विषयमा उहाँ अनविज्ञ हुनुहुन्थ्यो भनेर, कति सम्म गैरजिम्मेवार देखिन्छ सरकर अनि प्रणाली ? जुन देशको ८०५ जनसंख्या कृषिमा आवद्ध छ त्यस देशले झन्डै ६२५ बस्तु भारतबाट आयात गर्छ । खाद्य बस्तु, पहिरिने वस्त्र देखि दात माझ्ने मन्जन सम्म आयात गरिरहेको छ हाम्रो देशले। आफ्नो देशको खोलामा पानी बढ्दा, बाधलगाइएको ढोका खोल्नको लागि पनि छिमेकी मुलुक सँग गिड्गिडाउनु परेको अवस्था हामीलाई थाहा नै छ, भारतले नाकाबन्दी लगाइदा भोग्नु परेको कष्ट पनि हामी बिर्सन सक्दैनौं तर अचम्म त यो छ कि यति हुदा हुदै पनि हामी गर्व गर्छौं कि हामी सर्वभौम छौँ । हो हामी थियौं, झुक्दै नझुक्ने नेपाली तर याद रहोस् थियौं !

देशको प्रतिनिधि भैसकेपछि समयोचित विचार प्रकट गर्नुपर्छ, पद्को लागि नै भएपनि, मनमा लागेका कुरा वा अरु कसैले सुनाको भरमा अध्ययन नै नगरी सार्वजनिक सभामा बोल्नुपर्छ, वास्तविक ? कुरा नबुझी बोल्नु त उचित हुदै होइन । आफु कालो सिसा भएको ठूला-ठूला गाडीमा आवत जावत गर्ने भएका कारण प्रदुषण नदेखिएको हुन सक्छ तर त्यसको मतलब आफ्नो स्वस्थ जोगाउन मास्क लगाएर हिडिरहेको सर्वसाधारणलाई विरोधी भन्न त सुहाएन नि! यदि प्रदूषण नहुने हो भने कसैलाई पनि रहर छैन सास फेर्न अफ्ट्यारो भै-भै विरोध गर्न। दुख प्रकट गर्नुपर्ने ठाँउमा बधाई दिदै अरु देशको अगाडि आफ्नो इज्जत घटाउनेलाई देशकै जनताको अगाडी त के को लाज ? जे भन्दा पनि सुनेकै छन् गलत भएपनी ताली बजाएर हसेकै छन् । सबैको जिवनमा संघर्ष हुन्छ, एउटा निश्चित पदमा पुग्न सबैले मेहेनत गरेको हुन्छ तर त्यस पदमा पुगिसकेपछि त्यस पदप्रती श्रध्दा राखेर काम गर्न पनि त सक्नु पर्यो नि! प्रतिष्ठित पदमा पुगेर मनपरी बोल्नु कि त मतिएर हुन सक्छ कि त आतिएर ।

दिनहुँ अपराधजन्य घटना घट्ने क्रम बढ्दो छ। निर्मला पन्तले न्याय नपाएको १ वर्ष पनि नाघिसक्यो, गत वर्ष १८७३ वाट बलात्कारका घटनाहरु टिपोट गराइयो। ठगी चोरीको त हिसाब नै छैन। जुन देशमा दुश्मनहरुको शिर काट्न मात्र खुकुरी उठाइन्थ्यो त्यस देशमा आफन्तहरुलाई मार्न थालियो । ठूला धनी मानिसहरुले मन परि गरेर बचिरहेका छन् , सबै भ्रष्टाचारको कारण हो। भ्रष्टाचार त प्रमुख कारण नै हो देशको विकासपछि पर्नुमा  ।

सर्वसाधारणले पनि बुझ्नुपर्ने कुरा हो, सभामा सामेल हुनुको मत्लब अगाडी उपस्थित मानिसले जे भने पनि ताली बजाउने मत्रै होइन, ठाँउको ठाँउ सभ्य ढंगले प्रतिकार गर्न वा सवाल उठाउन सक्नुपर्छ। विभिन्न प्रलोभनमा फसेर, चुनाव जिताउनु कदापि उचित होइन। हामीले हाम्रालाइ भन्दा पनि राम्रोलाइ जिताउनु पर्छ, पार्टीको जरुरत छैन, हामीलाई चाहिएको एक असल नेतृत्व लिन सक्ने, देशलाई प्रगती र उन्नतिको बाटोमा लैजाने क्षमता भएको नेतृत्वकर्ताहरु हो, हस्यान्त प्रहसन गर्ने व्यक्तिको होइन। हासाउन अनि हास्न त तब मज्जा आउछ जब घर-घरमा पाइपबाट ग्यास पुग्छन् अनि रेलमा आनन्दले विना मास्कको प्रयोग गरि स्वच्छ वातावरणमा यात्रा गर्ने अवसर पाइन्छ।

हाम्रो जुम्लाको स्याउलाइ कुनै पनि देशको स्याउले जित्न सक्दैन ! हाम्रो देशको ढाका जस्तो आकर्षक पहिरन अरु कुन देशको हुनसक्छ र? पोखरा, बन्दिपुर, लुम्बिनी इलाम, जस्ता थुप्रै पर्यटक स्थालहरु छन् जस्ले ठ्याक्कै स्वर्गको आह्वान दिलाउछन् । उब्जाउ हुने जमिन त कति छ कति ! जलस्रोतको दोश्रो धनी देश हो नेपाल, विजुली उत्पादनको सम्भावना पनि निकै देखिन्छ । यी सबै श्रोतहरुको सहि सदुपयोग गर्ने हो भने कुनै युरोपेली रास्ट्र भन्दा कम हुदैन, हाम्रो देश । तर नैराश्यता त यसमा छ कि गत वर्ष मात्र ६३,००० भन्दा बढी नेपाली विध्यार्थी पढ्न बिदेश गएका छन्, खाडी मुलुक जानेको त झन् ओइरो नै छ । जसरी घरको जग मजबुत हुनुपर्छ घर मजबुत हुनलाई त्यसरी नै देशको युवाहरु मज्बुत हुनुपर्छ देश सबल बनाउनलाई , तर यसरी युवाहरु पलायन भएपछि देशमा बाकी रहने भनेको कि त बालबच्चा कि त वृद्धहरु अनि देशको विकासमा लग्ने को ? राष्ट्रको कमजोरि हो, कि उस्ले आफ्नो युवा पिडीलाई बस्न सक्ने वातावरण बनाइ दिएको छैन। देशमा पढ्नका लागी लोन पाउदैनन् विद्यार्थीले तर बाहिर कुनै देश जानू परेमा थपक्क दिन्छ, कतै देशले नै प्रोत्साहन गरे जस्तो लाग्छ युवालाई आफ्नो जोस जागर श्रम अरु राष्ट्रमा खर्चन पलायन हुन दिनमा ।

यदि युवा पिडीलाई प्रोत्साहन दिएर, यहि बस्ने वातावरण मिलाउने हो भन्ने साच्चै नेपालको नक्सा बद्लिन सक्छ ! युवाले पनि अरु राष्ट्रमा गएर खर्चिने श्रम आफ्नै राष्ट्रमा सहि ठाउँमा लगानी गर्न सक्यो भने कसैले पनि बिदेशमा बस्ने सपना देख्नु पर्दैन । अनि मात्र देशले काचुली फेरिन्छ । सबैले यति कुरा बुझ्नुपर्छ कि आफ्नो रास्ट्रमा रहेरमात्र आफ्नो पहिचान बनाउन सकिन्छ अनि यदि नेपाल रहने भने हामी नेपाली पनि रहदैनौ । यस राष्ट्रको सरकारले यस विषयलाई गहनरुपमा लिएर यसको समस्याको हल शिघ्र निकाल्न जरुरी छ ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको