‘मलाई शेरबहादुर मनपर्छ’ भिडियो आफ्नै पार्टीभित्र पनि विवाद उठेपछि देउवाले दिए यस्तो निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवालयलाई ‘भाइबर ग्रुप’बाट सार्वजनिक हुँदै आएका भिडिओहरु बन्द गर्न निर्देशन दिएका छन्।

निजी निवास बूढानीलकण्ठमा शुक्रबार जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सचिवालयले ‘मलाई शेरबहादुर मनपर्छ’शीर्षकमा जारी गर्दै आएका भिडिओ श्रृखंला बन्द गर्न निर्देशन दिइसकेको बताएका हुन्।

‘त्यो भिडिओ बन्द गर्न मैले निर्देशन दिइसकेँ, अब आउँदैन, तपाईं ढुक्क हुनुस्,’ केन्द्रीय सदस्य धनराज गुरुङले बैठकमा बोलिसकेपछि प्रधानमन्त्री देउवाले भने।

‘मलाई शेरबहादुर मनपर्छ भन्ने भिडिओ सन्दर्भ मैले उठाएपछि सभापतिज्यूले त्यो बन्द गर्न निर्देशन दिइसकेँ, अब आउँदैन, तपाईं ढुक्क हुनुस् भन्ने जवाफ दिनुभयो,’ गुरुङले भने, ‘उहाँले बोलेका कुरा कार्यान्वयन हुने विश्वास लिएको छु।’

यसअघि उनले प्रधानमन्त्री देउवाको ‘अघोषित’ सचिवालयले ‘भाइबर ग्रुप’मा सार्वजनिक गरिरहेका भिडिओप्रति आपत्ति जनाएका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘आई लभ यु’ भन्नेहरुले सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्‍याएको टिप्पणी गर्दै गुरुङले प्रधानमन्त्रीलाई मलाई शेरबहादुर मनपर्छ’ भन्नेहरूबाट सजग हुन सचेत गराएका थिए।

‘आई लभ यु भन्नेहरुले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्‍याए। सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति सुरु भएछ,’ उनले बैठकमा भनेका थिए, भिडिओ देख्दा झसङ्ग भएँ। यस्तो प्रवृत्तिबाट सजग हुनुहोस्।’

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको