भूतपूर्व सैनिक सम्मेलन चैत्रमा, यस्ता छन् यसपाली भूपूलाई दिने सेवासुविधा

नेपाली सेनाले भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनलाई लक्षित गरी चैत ९ गतेदेखि दिपायल, धनगढी, सुर्खेत र नेपालगञ्जमा भूतपूर्व सैनिक सम्मेलन गर्ने भएको छ ।

नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा आयोजना हुन लागेको चौथो चरणको सम्मेलन यही चैत्र ९, १०, २० र २१ गते क्रमशः दिपायलस्थित बाहिनी अड्डा, धनगढीस्थित भवानी दल गण, सुर्खेतस्थित पश्चिम कमाण्ड र नेपालगञ्जस्थित बाहिनी अड्डामा सञ्चालन हुनेछ । पछिल्लो समय प्रत्येक प्रधानसेनापतिले आफनो कार्यकालमा प्रदेशगत रूपमा कम्तिमा एक भूपू सैनिक सम्मेलन गर्ने अभ्यास हुँदै आएको छ ।

सम्मेलनमा डडेल्धुरा, बाजुरा, बैतडी, अछाम, बझाङ, दार्चुला, डोटी, कैलाली, कञ्चनपुर, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला, बाँके र बर्दिया जिल्लामा बसोबास र निवृत्तिभरण बुझिरहेका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्ति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विभिन्न कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेका व्यक्तिले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाडौँ उपत्यकाको हकमा महाराजगञ्जस्थित कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्नेछन् । बोर्डले सम्मेलनमा सहभागीलाई अशक्त आश्रितलाई ह्वील चियर, बैसाखी तथा अरुलाई दैनिक तथा भ्रमण भत्तालगायतका सुविधा प्रदान गर्नेछ ।

सम्मेलनमा सहभागी हुनका लागि भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिहरुले पेन्सन पट्टा तथा सोको प्रतिलिपि र पासपोर्ट साईजको फोटो २ प्रति २४ माघ देखि ३० फाल्गुन ३० सम्म आफुले पेन्सन प्राप्त गरिरहेको जिल्लामा तैनाथ नेपाली सेनाको युनिटमा गई नाम दर्ता गराउन पर्नेछ ।

कामको सिलसिलामा अन्यत्र जिल्लामा रहेका व्यक्तिहरुले नजिकको हिताधिकारी कल्याण केन्द्र र काठमाण्डौं उपत्यकाको हकमा महाराजगन्जस्थित नेपाली सेना कल्याणकारी बोर्डमा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ ।

उक्त भूतपूर्व सैनिक सम्मेलन(२०७८ू मा सहभागीहरुलाई दैनिक तथा भ्रमण भत्ताको व्यवस्था गरिएको सेनाले जनाएको छ । यस्तै सहभागीहरुलाई फटिग क्याप÷सल, ट्रयाकसुट/स्वीटर र फस्ट एड किट वितरण गरिने छ ।

बहालवाला तथा भूपू सैनिकका अशक्त आश्रितहरुलाई व्हिल चियर तथा वैसाखी वितरण गरिने छ । विभिन्न कार्यक्रमका ऋणीहरुलाई चेक हस्तान्तरण गरिने छ । सर्वोत्कृष्ट र उत्कृष्ट लघु उद्यम व्यवसायीहरुलाई पुरस्कार वितरण गरिने छ । जेष्ठ भूपू सैनिक तथा जेष्ठ एकल महिलालाई सम्मान गरिने छ ।

आफ्ना ४ जना वा सो भन्दा बढी सन्तानहरुलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गरेको योगदानको कदर स्वरुप जीवित आमा–बाबु मध्ये एकजनालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गरिने छ । बिरामीहरुलाई विशेषज्ञ डाद्वारा सबै रोगको उपचार लगायतका स्वास्थ्य उपचार सुविधा प्रदान गरिनुका साथै कोभिड खोप नलगाएकाहरुको हकमा खोप को ब्यवस्था गरिने सेनाले जनाएको छ ।

यस्तै आँखा चेकजाँच गरी आवश्यकता अनुसार निःशुल्क चस्मा वितरण समेत गरिनेछ । सो सुविधाहरु प्राप्त गर्नको लागी सम्बन्धितले अनिवार्य रुपमा उपचार पुस्तिका लिएर आउनु पर्नेछ ।

साथै, सम्मेलन सम्बन्धमा थप जानकारीको लागि टेलिफोन नं। ०१४४१२४०७, ०१४४११०३१, ०१४४१२१६५, ०८३४१४०२३ र ०८३४१४०४५ मा सम्पर्क गर्न सकिने सेनाले जनाएको छ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको