म्यानुयल थेरापी सेन्टरले छाला, यौन, सुगर र थाइराइडको नि:शुल्क स्वास्थ्य परीक्षण गर्दै

 

काठमाडौं- नेपालको एक मात्र म्यानुयल थेरापी अर्थो न्युरो रिह्याबिलिटेसन एण्ड पेन रिलिफ सेन्टरले एक पत्रकार सम्मेलन गरी छाला तथा यौन रोग, मधुमेह (सुगर) र थाइराइडको हप्तामा ३ पटक नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको छ  ।

छाला तथा यौन सम्बन्धी हप्तामा २ पटक र सुगर एबम् थाइराइड सम्बन्धी १ पटक नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने जनाएको हो  । उक्त योजना माघ १५ देखी चैत्र ३० गते सम्म लागु हुने सेन्टरले जनाइएको छ ।

सेन्टरका अध्यक्ष डा. किशोरलाल श्रेष्ठले  पत्रकार सम्मेलनमा भने – “हाम्रा हजारौं  सेवाग्राही तथा सुभेक्षूकको अनुरोधलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ सिबिर राखेका छौं। र, हामीले यस सिबिरबाट छाला तथा यौन, मधुमेह (सुगर) र थाइराइडका प्रतिमहिना ६०० बिरामीको नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने लक्ष्य  राखेका छौं।”

उक्त पत्रकार सम्मेलनमा ती रोगको नि: शुल्क परीक्षणको यस्तो तालिका सार्वजनिक गरियो :

रोग बार समय बिशेषज्ञ
छाला तथा यौन रोग सोमबार र शुक्रबार २:३० देखी ४ बजे सम्म डा. प्रशन्न राज श्रेष्ठ
सुगर र थाइराइड सोमबार ९ बजे देखी ११ बजे सम्म डा. महेश दाहाल

 

यस सेन्टरका ब्यवस्थापक नबिन खरेल भने – “हाम्रो कार्यालयको टेलिफोन नम्बर  ०१- ४६२२०३३ मा फोन गरेर नाम दर्ता गर्न सक्नुहुनेछ। नि:शुल्क परीक्षणको तालीकिकरण भएको दिन अधिकतम ५० जनाको मात्र परीक्षण गर्न सकिने भएकोले समयमै नाम दर्ता गर्न अनुरोध गर्छौँ  ।”

यस सेन्टरका ब्यवस्थापक नबिन खरेलका अनुसार आफुले निभाउनुपर्ने सामाजिक उत्तरदायित्व (सिएसआर) अनुसार यो नि:शुल्क स्वास्थ्य परीक्षणको अबधारणा ल्याइएको हो । आजभोलि समाजमा छाला तथा यौन, सुगर एबम थाइराइडको समस्या बिकराल हुँदै गएकोले आफुहरुले सामाजिक भूमिका निभाउने उद्देश्यले उक्त योजना ल्याइएको बताउनु भयो ।

खरेलले थपे -“बिरामिले स्वास्थ्य परीक्षणको कुनै शुल्क तिर्नु पर्दैन । फोन बाट आफ्नो नाम दर्ता गरे हुन्छ र यहाँ आएर नि:शुल्क परामर्श सेवा पाउनुहुनेछ । समाजमा सुगर, थाइराइड जस्तो रोगको असर न्युनिककरणको लागि सबै हातेमालो गर्नु आवश्यक छ।”

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको