एसएसपी सिंहलाई कारबाही गर्न सिफारिस

चेक फिर्ता गरेको विषयमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहलाई कारबाही गर्न सिफारिस भएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख हुँदा २ करोड २९ लाख रुपैयाँ रहेको चेक तीन महिना राखेर फिर्ता गरेपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति गठन गरेको थियो।

डीआईजी राजेशलाल कर्ण नेतृत्वको छानबिन समितिले कारबाही गर्न सिफारिस गरेको हो। ‘तीन महिनासम्म चेक नियन्त्रणमा राख्नु र कुनै कारबाही नगरी चेक फिर्ता गर्नु प्रहरी आचरण विपरितको काम हो। एसएसपी सिंहलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ’, समितिका एक सदस्यले भने।

सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए।

गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको थियो। मदिरा पिएर तास खेल्ने क्रममा आफ्नो चेक हराएको र झापाको सुवास भेटवालले लगेको उजुरीमा उल्लेख छ।

बैंक अफ काठमाडौं कमलादी शाखाको ७ थान चेक हराएको भन्दै बरालले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए।

उजुरीपछि भेटवाललाई बोलाएर अनुसन्धान गर्दा ७ थान चेकमा २ करोड २९ लाख रुपैयाँ रकम भरेको पाइएको थियो। भेटवालले तास खेल्ने क्रममा उक्त चेक बराबरको रकम जितेको बताएका थिए।

चेकमा भएको हस्ताक्षर परीक्षण गर्ने बताए पनि पछि आफूलाई खबर नगरिएको बरालको गुनासो छ। एसएसपी सिंहले चेकमा भएबराबरको रकम तिर्न समेत दबाब दिएको आरोप लगाएका छन्। तर सरुवा भएपछि पीडितलाई जानकारी नै नदिई सिंहले चेक भेटवाललाई नै दिएपछि बरालले गृह मन्त्रालयमा उजुरी दिएका थिए।

एसएसपी सिंहले भने त्यतिबेला केही बिचौलियाहरुले उद्देश्य पूरा गर्न नसकेर आफ्नो बदनाम गराउन लागेको नेपालखबरलाई प्रतिक्रिया दिएका थिए।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको