पौडेल सशस्त्रको एआईजीमा बढुवा, अबको आईजीपी पक्का

सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि नारायणदत्त पौडल सिफारिस भएका छन्। बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक एआईजीमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिए।

एआईजी रामशरण पौडेल वैशाख १९ गतेबाट अनिवार्य अवकाशमा गएपछि एक एआईजी रिक्त भएको थियो। रिक्त एआईजीमा वरीयतामा अगाडी रहेका डीआईजी पौडेल सिफारिस भएका हुन्।

एआईजीमा सिफारिस भएसँगै भावी आईजीपीका लागि उनको संभावना बढि भएको हो। उनी सशस्त्रमा हाल रहेका सबै डीआईजी भन्दा अगाडिका हुन्। २०५४ साल चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएका पौडेल पछि सशस्त्र प्रहरीमा गएका थिए।

सशस्त्र प्रहरीतर्फ प्रवेश गरेसँगै उनी स्वतः एक पद बढुवा हुँदै डीएसपी भएका थिए। पौडेल हालका आईजीपी अर्यालसँगै प्रहरी सेवामा प्रवेश गरेर डीआईजीसम्म बढुवा भएका हुन्। तर वरीयतामा अगाडि रहेका अर्याललाई सरकारले १५ दिन पहिले नै एआईजीमा बढुवा गरेको थियो। अर्याल अब चार वर्षे पूरा कार्यकाल सशस्त्रको आईजीपी हुने छन्। उनको अवकाशपछि पौडेल २२ महिना सशस्त्र प्रहरीको नेतृत्व गर्न पाउनेछन्।

सशस्त्रमा हाल अर्को पनि एआईजी रिक्त भएको छ। राजु अर्याल आईजीपीमा बढुवा भएसँगै रिक्त भएको एआईजीमा भने बढुवा सिफारिस गरिएको छैन। केही दिनमै बढुवा हुने गृह स्रोतले जनाएको छ। यो पदमा चन्द्रप्रकाश गौतमलाई बढुवा गर्ने संभावना छ। गौतम २०५२ सालमा नेपाली सेनामा भर्ना भएका हुन्। उनी सेना छाडेर सशस्त्र प्रहरीतर्फ प्रवेश गरेका थिए।

उनी राजु अर्याल आईजीपी हुँदै २०८२ वैशाखमा अवकाश हुने भएकाले नारायणदत्त पौडेलको आईजीपी हुने लगभग निश्चित भएको हो। अर्याल २०८३ वैशाख १८ गतेसम्म आईजीपी हुनेछन्।

अर्याल चार वर्षे कार्यकालका कारण अवकाशमा जाँदै उनकै ब्याची पौडेल भने एआईजी नै रहने छन्। र उनको एआईजीको कार्यकाल पनि बाँकी नै रहने छ। त्यसपछि २०८३ वैशाख १९ गतेदेखि २०८४ चैत १८ गतेसम्म पौडेल आईजीपी हुनेछन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको