नेपाली सेनाका तीन जना सहायकरथीको उपरथीमा बढुवा, को-को परे ?

नेपाली सेनाका तीन जना सहायकरथीको उपरथीमा बढुवा भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सहायरकथीहरु दीपक बानिया, यामप्रसाद ढकाल र होमनाथ दवाडीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवासँगै उनीहरुको पदस्थापन भएको छ।

बानियाले नगरकोटस्थित नेपाली सैनिक वार कलेज, ढकालले युद्ध मद्धति तथा युद्ध सेवा मद्धति विभाग प्रमुखमा र दवाडीले निरीक्षणाधिकृतको जिम्मेवारी पाएका छन्।

त्यस्तै सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्र प्रकाश गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई रिक्त एक एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो। राजु अर्याल आईजीपीमा बढुवा र अर्का एआईजी रामशरण पौडेल अनिवार्य अवकासमा गएपछि वैशाख १९ गतेबाट २ एआईजी रिक्त भएको थियो।

एउटा पदमा यसअघि नै नारायणदत्त पौडेल बढुवा भएका थिए। पौडेललाई बढुवा गर्ने निर्णय भएकै दिन अर्को एआईजी बढुवाका लागि सूचना प्रकाशन गरिएको थियो। गौतम हाल कार्यरत डीआईजी मध्ये वरिष्ठ हुन्।

त्यस्तै, नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका भएका छन् ।

गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

मन्त्रपरिषद्ले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको छ । त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।

५ डीआईजी एआईजीमा बढुवा भएसँगै रिक्त डीआईजीको संख्या १७ पुगेको छ। नेपाल प्रहरीमा हाल ३ जना मात्रै डीआईजी कार्यरत छन्। जेठ ९ गते बसेको बढुवा समितिको बैठकले ५ डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको