किन आउँदैछन् नेपालमा अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका जनरल ?

अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरल चाल्र्स ए फ्लिन नेपाल आउँदैछन्।

नेपाली सेनाका अनुसार कमान्डिङ जनरल फ्लिन चार दिने नेपाल भ्रमणमा बिहीबार आउन लागेका हुन्। भारत भ्रमणपछि उनी यहाँ आउन लागेका हुन्।

फ्लिनले हिजो मंगलबार भारतीय प्रधानसेनापति मनोज पाण्डेसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भेटमा भारत र अमेरिकाबीच सैन्य सहकार्यका क्षेत्रहरुबारे छलफल भएको भारतीय सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले अमेरिकी सैन्य अधिकारी सद्भावना भ्रमणमा नेपाल आउन लागेको बताएका छन्। उनका अनुसार फ्लिनले शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

‘अन्य उच्चस्तरीय भेटवार्ता पनि हुनेछन्।  फ्लिनले काठमाडौंस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको एक कार्यक्रममा मन्तव्य दिनेछन्।

रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सैन्य अधिकारी फ्लिनको भेटवार्ताका लागि अमेरिकी पक्षले आग्रह गरेको छ। निकट भविष्यमा हुने प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणअघि उच्च सैन्य अधिकारीको भ्रमण हुन लागेको हो। देउवाभन्दा अघि प्रधानसेनापति शर्मा अमेरिका जाँदैछन्।

अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका कमान्डिङ जनरलको भ्रमणका एजेन्डाबारे नेपाली सेनाले केही बताएको छैन। सन् २०२१ को जुनमा उक्त पदमा नियुक्त फ्लिनको जिम्मेवारी अमेरिकाको हिन्द प्रशान्त सैन्य रणनीतिलाई व्यवहारिक रुपमा सैनिक तहबाट कार्यान्वयन गर्नु हो।

उनले हिन्द प्रशान्त सैन्य रणनीति अन्तर्गत भारतसंग सैन्य साझेदारी बढाउने विषयमा नयाँ दिल्लीमा भएको भेटमा कुराकानी गरेका थिए।

अमेरिकाले नेपाली सेनालाई केही वर्षयता निरन्तर इंगेज गरिरहेको छ। अमेरिकी सेनाले नेपाली सेनासँग समय-समयमा सैन्य अभ्यास गर्दै आएको छ। प्रकोप र उद्धारबारे छलफल र अन्तरक्रिया दुई देशका सेनाबीच भइरहेको छ।

अमेरिकी सेनाले सञ्चालन गर्ने स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) अन्तर्गत नेपाली सेनासँग दीर्घकालीन रुपमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षरका लागि अमेरिकाले ताकेता गरिरहेको छ। तर, त्यसप्रति नेपाली सेनाले उत्साह देखाएको छैन। उक्त कार्यक्रमलाई अमेरिकी रक्षा मन्त्रालयले हिन्द प्रशान्त रणनीतिमा समावेश गरेको छ।

स्टेट पार्टनरसीप कार्यक्रममा नेपाली सेना सहभागी हुँदा अमेरिकाको सुरक्षा छाताभित्र नेपाल सहभागी भएको सन्देश अन्र्तराष्ट्रिय तहमा जाने हुँदा नेपाली सेनाले उक्त कार्यक्रमप्रति अनिच्छा जनाउँदै आएको छ।

नेपाली सेना अमेरिकी सुरक्षा छाताभित्र समेटिँदा नेपालले लिएको असंलग्न परराष्ट्र नीतिविरुद्ध हुने भएकाले त्यसप्रति सेनाले असहमति राख्दै आएको बताइन्छ।

तर, अमेरिकी सेनाका उच्च अधिकारीको भोलिदेखि हुने नेपाल भ्रमण र प्रधानसेनापति शर्माको आसन्न अमेरिका भ्रमणमा समझदारी पत्रबारे दुई देशबीच छलफल हुन सक्ने अधिकारीहरुले बताए।

रणनीतिक महत्वको यो समझदारी पत्र अमेरिकाले सन् २०१५ मा प्रस्ताव गरेको थियो। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्री उक्त समझदारी पत्रमा हस्ताक्षरका लागि सकारात्मक थिए।

त्यसबेला कतिपय सरकारी अधिकारीले प्रधानसेनापति क्षेत्रीकै अग्रसरतामा उक्त समझदारी पत्र अमेरिकी सेनाले नेपाल पठाएको समेत टिप्पणी गरेका थिए।

एक वर्षअघि देउवा नेतृत्वको सरकार बनेपछि नेपाल–अमेरिका कूटनीतिक छलफल र बैठकहरूमा वासिङ्टनले बारम्बार स्टेट पार्टनरसीप प्रोग्राममा नेपाली सेनाको सहभागिताबारे प्रतिवद्धता खोजेको छ। तर नेपालले प्रष्ट जवाफ दिएको छैन।

दुई महिनाअघि आएका अमेरिका सेनाको युटा नेशनल गार्डका एड्जुटेन्ट जनरल माइकल जे टर्लीले स्टेट पार्टनरसीप कार्यक्रममा नेपाली सेनाको सहभागिताबारे सैनिक नेतृत्वसँग छलफल गरेका थिए।

अमेरिकी सेनाको उक्त कार्यक्रमअन्तर्गत अहिले विश्वका करिब एक सय देशका सेना अमेरिकी सेनासँग जोडिएका छन्। स्टेट पार्टनरसीप कार्यक्रमअन्तर्गत अमेरिकाका केन्द्रीय र राज्य तहका नेशनल गार्डस् (सेना) ले अर्को देशका सेनासँग सहकार्य गर्छन्। हरेक देशसँग छुट्टाछुट्टै विषयमा सहकार्य हुने गरेका छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको