यस्तो छ काठमाडौं महानगरमा बालेन र सुनिताले ल्याएको बजेट (पूर्णपाठसहित)

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी वर्षका लागि उक्त आकारको बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले ६ वटा महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट प्रस्तुत गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०७८/७९ को लागि काठमाडौं महानगरपालिकाबाट कूल १६ अर्ब २६ करोड २६ हजारको बजेट विनियोजन गरेको थियो ।

विनियोजित बजेटमध्ये २०७९ जेठ मसान्तसम्ममा चालुतर्फ ३ अर्ब ५१ करोड ७८ लाख १८ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, पूँजीगत एवं पूर्वाधारतर्फ २ अर्ब २६ करोड ८१ लाख ४६ हजार रुपैयाँ र वित्तीयतर्फ १८ करोड गरी कूल ५ अर्ब ९६ करोड ५९ लाख ६४ हजार रुपैयाँ खर्च भएको छ । जुन, अनुमानित खर्चको ३६.६९ प्रतिशत हुन आउने बताइएको छ ।

विनियोजित बजेटमध्ये महानगरपालिकाको संचित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी स्थानीय संचित कोष बाहेकको बजेटमा समावेश हुने कूल ३ अर्ब ५ करोड १ लाख ४७ हजार रुपैयाँ रहेको बताइएको छ ।

स्थानीय संचित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमहरूका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको २.२४ प्रतिशत हुन आउँछ ।

कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रको लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार बिनियोजन गरिएको छ । जुन कुल बजेटको २०.९६ प्रतिशत हुन्छ । यस्तै, पूर्वाधार विकास क्षेत्रको लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट बिनियोजन गरिएको छ ।

जुन कुल बजेटको ४९.५७ प्रतिशत हुन आउँछ । यसैगरी, सामाजिक विकास क्षेत्रको लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार बजेट बिनियोजन गरिएको छ । जुन कुल बजेटको ७.२५ प्रतिशत हुन आउँछ ।

सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ । जुन कुल बजेटको १९.९६ प्रतिशत हुन आउँछ ।

नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान तर्फ १ अर्ब ३१ करोड ३७ लाख ६ हजारको श्रोत सुनिश्चित भएको बताइएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको