समितिका मान्छेले हेर्न जानेनन् रिकभर गरिएको सीसीटीभी फुटेज, फेरि गुहार्यो प्रहरी

काठमाडौं – पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको भन्दै त्यसको छानबिनका लागि गठन गरिएको संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदनको अध्ययन थालेको छ।

मंगलबार बिहान बसेको समितिको बैठकमा सोमबार ‍प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदनमाथि अध्ययन थालिएको हो। तर प्राविधिक विषय भएकाले यसबारे थप जानकारी लिनका लागि विज्ञहरुसँग छलफल गर्ने समितिले निर्णय गरेको छ।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट प्राप्त भएको प्रतिवेदनमा भएका विवरणहरु प्राविधक भएकाले विश्लेषणकै क्रममा रहेको बताए।

‘केही विषय प्राविधिक रहेका छन्। फरेन्सिक ल्यावसँग सम्बन्धित विज्ञहरु चाहिने भएकाले अहिले बैठक स्थगित भएको छ’ उनले भने, ‘साँझ ४ बजे विज्ञहरुसँग बसेर प्रतिवेदन सम्बन्धमा छलफल हुन्छ।’

प्राविधिक विषय भएको र समितिका सदस्यहरुले मात्र यसबारे जानकारी पाउने भन्दा पनि फरेन्सिकको सम्बन्धित टीमले नै यसबारे जानकारी गराएपछि एकीन भन्न सकिने अर्यालले बताए।

‘प्रतिवेदनमा लेखिएको विषयमा मात्र भन्दा पनि प्राविधिक विषयका बारेमा उहाँहरुले नभेनेसम्म यो छ उ छ भन्न सक्ने अवस्था छैन । जसले गर्नु भयो जानकारीका लागि उहाँहरुलाई बोलाउने हो’ उनले भने।

नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट समितिलाई बुझाएको थियो ।यसअघि मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै सो दिनको फुटेज डिलिट भइसकेको जनाएको थियो ।

त्यसपछि संसदीय समितिले उक्त फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो । साथै सिंहदरबारको गेटकै सीसीटीभी फुटेज पनि समितिले झिकाएको थियो ।

आर्थिक वर्ष २०७९–८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप तत्कालीन मन्त्री जनार्दन शर्मामाथि लागेको छ ।

यो आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । सोही दिन अर्थमन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए ।

छानबिनको क्रममा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने संकेत कतैबाट नपाएपछि सीसीटीभी फुटेज नै अब निर्णायक हुने ठानिएको छ । त्यसैले सीसीटीभी फुटेजमा के छ भन्ने चासो धेरैको छ ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको