काठमाडौं- ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी, हारे एमाले वरिष्ठ उपाध्यक्ष

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट आफ्नो जित पक्का गरेका छन् । एमालेका हेभिवेट नेता तथा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलविरुद्ध उनले सहज जित निकालेका हुन् ।

अघिल्लो चुनावमा तनहुँबाट प्रदेशसभामा लडेका पौडेल माओवादी केन्द्रकी आशा कोइरालासँग ११ मतले पराजित भएका थिए ।

वाम गठबन्धनकी उम्मेदवार कोइरालासँग पराजित भएपछि पौडेलले मतदानको क्रममा धाँधली भएको भन्दै पुनः मतदान गराउन माग गर्दै मुद्दा हालेका थिए । पौडेलले हालेको उक्त मुद्दाको छिनोफानो अहिलेसम्म भइसकेको छैन ।

तर, आइतबार सम्पन्न निर्वाचनमा काठमाडौं ५ बाट उम्मेदवार बनेका पौडेलले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भारि मतान्तरले पराजित गरेका छन् ।

विद्यार्थी राजनीतिबाट उदाएका पौडेल कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार थिए । तर त्यसबेला उनी गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए ।

काठमाडौं ५ बाट अघिल्लो चुनावमा ईश्वर पोखरेलले कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए । तर, यसपटक भने कांग्रेसका युवा उम्मेदवार पौडेलसँग पोखरेल पराजित भएका हुन् ।

सिफारिस

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ। १०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको शोकमा मंगलबार सरकारी कार्यालयहरूमा सरकारी झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको छ। शोक मनाउनका लागि...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा व्यस्त छन्। धानबाली राम्रोसँग हुर्कियोस् र उत्पादन बढोस् भन्ने उद्देश्यले खेतमा उम्रिएको झार उखेल्ने तथा...

भर्खरै

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

किन बचेनन् गणेश नेपाली ? 

काठमाडौं । जलनका घटना नेपालमा पछिल्लो समय गम्भीर स्वास्थ्य...

गीग तथा प्लाटफर्म श्रमिकको यस्ता छन् १० बुँदे माग

काठमाडौं — नेपालभरका गीग तथा प्लाटफर्म आधारित श्रमिकहरूको प्रतिनिधित्व...

धेरै पढिएको