ठूलो मानवीय क्षति हुनसक्ने खतराले सिंहदरबार जोगाउन सकिएन : नेपाली सेना

काठमाडौं – नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा सिंहदरबारलगायतका महत्त्वपूर्ण संरचना जोगाउन ठूलो मानवीय क्षति हुने देखिएकाले बल प्रयोग नगरेको स्पष्ट पारेको छ। सेनाको युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाका अनुसार, आन्दोलनकारीलाई पटकपटक सम्झाएर हटाउने प्रयास गरे पनि उनीहरू जबर्जस्ती सिंहदरबार प्रवेश गरेपछि स्थिति नियन्त्रणबाहिर पुगेको थियो।

‘हामीले हवाइ फायरसमेत गरेका थियौँ र आन्दोलनकारीलाई तीन पटक सम्झाएर पठायौँ। तर चारैतिरबाट प्रवेश गरेपछि वा त ठूलो क्षति हुने गरेर बल प्रयोग गर्नुपर्ने वा पछि हट्नुपर्ने अवस्था आयो,’ थापाले भने, ‘हामीले तत्कालीन परिस्थितिलाई विश्लेषण गरेरै निर्णय गरेका हौँ।’

सेनाको दाबी अनुसार, सिंहदरबारमा आगलागी भए पनि राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अर्थ मन्त्रालयको एलएमबीआईएस प्रणाली रहेको डाटा सेन्टर जोगाउन सफल भएको थियो। त्यसक्रममा सहायक रथी स्तरका अधिकारीहरू फिल्डमै खटिएका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणको प्रयाससमेत रोकिएको सेनाले जनाएको छ। युद्धकार्य विभागका निर्देशक सहायक रथी मनोज थापाका अनुसार, विमानस्थलमा करिब दुई हजार प्रदर्शनकारीमध्ये १५ जनाले जर्किनमा पेट्रोल लिएर प्रवेश गर्ने तयारी गरेका थिए, तर सेनाको सक्रियताले विमानस्थल सुरक्षित राखिएको हो। भदौ २५ गतेदेखि विमानस्थल पुनः सञ्चालनमा ल्याउने भूमिका पनि सेनाले खेलेको थियो।

सेनाले आन्दोलनका क्रममा पशुपतिनाथ मन्दिर, विभिन्न कूटनीतिक नियोग र विदेशी नागरिकहरूको सुरक्षासमेत सुनिश्चित गरेको जनाएको छ। सिंहदरबार, सर्वोच्च अदालत, बालुवाटार र शीतलनिवास जोगाउन नसकेको भन्दै उठेका आलोचनाप्रति सेनाले बल प्रयोग गरेको भए ठूलो क्षति हुने भन्दै आफ्नो निर्णय उचित रहेको बताएको हो।

२४ गते रातिबाट देशको शान्ति सुरक्षा जिम्मा लिएपछि सेनाले काठमाडौं उपत्यकामा ६ हजार र उपत्यकाबाहिर १८ हजारभन्दा बढी फौज परिचालन गरेको थियो। सेनाको जिम्मेवारी हस्तान्तरण भएपछिका ६ देखि ८ घण्टामै अवस्था सामान्य हुँदै गएको सेनाको दाबी छ। त्यस क्रममा देशभर ४८४ स्थानमा प्रदर्शन हुँदा ७६ जनाको मृत्यु भएको र ११ वटा दमकलमार्फत आगो नियन्त्रण गरिएको पनि सेनाले जनाएको छ। हाल २१ स्थानमा सेना तैनाथ छ भने ४१ स्थानबाट फौज फिर्ता भइसकेको छ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको