महिलाले धानेको कृषि क्षेत्र

विभिन्न समयकालमा देशका विभिन्न क्षेत्रमा गरिएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्यांकले कृषि पेसामा पुरुषभन्दा महिला बढी सक्रिय रहेको देखाउँछन्। यद्यपि महिला कृषकहरूको सामाजिक तथा आर्थिक अवस्था र उनीहरूले भोग्नुपरेका चुनौतीलाई भने खासै चासोको विषयका रूपमा हेरिँदैन। परम्परागत कृषियुगको सुरुवातदेखि आधुनिक कृषिसम्म आइपुग्दा अर्थतन्त्रमा महिला कृषकहरूको निर्णायक भूमिका रहँदै आएको छ। तथापि बिनातलबको पेसाजस्तै बनेको कृषिले महिलाहरूका पटुकामा गाँठो पारिएका साना थैलीसमेत भरिन सकेको छैन।

विश्व बैंकका अनुसार कृषिमा महिला श्रम बढी खपत हुनुको प्रमुख कारण रोजगारीका लागि पुरुषहरूको बसाइँसराइ तथा वैदेशिक पलायन हो। सिन्धुली जिल्लामा गरिएको एक सर्वेक्षणअनुसार अन्नबाली उत्पादन गर्दा पुरुषको अनुपातमा महिला श्रम दोब्बर खपत भएको पाइएको थियो। गोरखा तथा चितवन जिल्लामा गरिएको अर्को अध्ययनअनुसार महिलाले कृषि कार्यमा सातामा औसत २५.३७ घण्टा खर्चिँदा पुरुषले १६.६५ घण्टा मात्र खर्चिने गरेका छन्।

अंकगणितीय तथ्यांकले कृषि क्षेत्रमा महिलाको बढी भूमिका रहेको देखाए पनि सामाजिक तथा आर्थिक पाटोमा महिला अझै छायाँमै परेका छन्। अर्को शब्दमा भन्नुपर्दा महिला कृषकहरू बत्तीमुनिको अँध्यारो बनेका छन्। बिउबिजन जोगाउनेदेखि रोप्ने, गोडमेल गर्ने, मलजल गर्ने जस्ता कार्यमा महिला कृषकको संलग्नता बढी देखिए पनि त्यसपछिका प्रक्रिया, जस्तै बजार व्यवस्थापन तथा आम्दानीको उपयोगमा भने पुरुष बढी सक्रिय रहेको पाइन्छ। यसले महिलाको आर्थिक अवस्था माथि उठ्न दिँदैन।

भूमि स्वामित्व, प्रविधि तथा वित्तीय पहुँचको कमी महिला कृषक पछाडि पर्नुका मुख्य कारण हुन्। अन्य महिलाको तुलनामा ग्रामीण, भूमिहीन, जातीय संरचनाका आधारमा उपेक्षित तथा सीमान्तकृत महिला कृषकहरू आर्थिक रूपमा अझ बढी असुरक्षित छन्। यसै कारण महिलाहरू कठिन परिश्रमका बाबजुद परिवारका पुरुष सदस्यमा निर्भर रहन बाध्य छन्।

अझ कतिपय अवस्थामा पुरुषहरू रोजगारीका सिलसिलामा देशका अन्य ठाउँ वा विदेश जानाले महिलाहरूको काँधमा थप जिम्मेवारी पर्ने गरेको छ। यसले आर्थिक रूपमा महिला कृषकलाई केही हदसम्म सबल बनाए पनि दोहोरो भूमिका निर्वाह गर्नुपर्दा उनीहरूमा शारीरिक तथा मानसिक रूपमा प्रतिकूल असर पर्ने गरेको अध्ययनहरूले देखाउँछन्। यसबाहेक श्रम शोषण, असुरक्षित कार्यक्षेत्र, असमान ज्यालादरजस्ता समस्याले पनि महिलाहरूलाई उत्तिकै थिचिरहेका छन्।

महिला कृषकको जीवनस्तर सुधार गर्न सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न तह र तप्काबाट पहल गरिनु अत्यावश्यक छ। कृषिजन्य उपकरणलाई महिलामैत्री बनाउनु, महिला विकाससम्बन्धी नीति–नियमको प्रभावकारी कार्यान्वयन गर्नु, कृषि प्रसारमा महिलाको सहभागिता सुनिश्चित गर्नु, कृषि बजारमा महिलाको पहुँच बढाउनु तथा वित्तीय क्षेत्रमा महिला सशक्तीकरण गर्नु महिला कृषकको उत्थानका केही उपाय हुन सक्छन्। सबै क्षेत्रले यति बुझ्नुपर्छ— कृषि क्षेत्र महिलामैत्री नभएसम्म महिला विकास सम्भव छैन, अनि महिला विकासबिना देशको विकास पनि सम्भव छैन।

राज अधिकारी
राज अधिकारी
लेखक राज अधिकारी फोटोपत्रकार तथा कृषि समाजशास्त्रका अनुसन्धाता हुन् । उनले समाजका बेथिति विरूद्ध कलम चलाउँदै आइरहेका छन् ।

सिफारिस

मन्त्रीहरूलाई बाँडियो डीडीसीका चिजदेखि मोहीसम्म

काठमाडौँ– स्वदेशी उत्पादनको प्रवर्द्धन तथा दुग्ध क्षेत्रको सुदृढीकरणका लागि सरकारले विशेष चासो देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)...

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने तयारी भइरहेको छ। स्रोतका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले पुनलाई उक्त...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित...

भर्खरै

महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने

काठमाडौं — सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन...

विशाल भण्डारीलाई सरकारले दियो रेडक्रस हाँक्ने जिम्मा

काठमाडौँ - सरकारले नेपाल रेडक्रस सोसाइटीमा नौ सदस्यीय तदर्थ...

सुधन गुरुङ पुनः गृहमन्त्री बन्दै, आज दिउँसो ३ बजे शपथ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं पूर्वगृहमन्त्री...

हर्क साम्पाङमाथि ट्राफिकको कारबाही

काठमाडौं - नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन...

ऊर्जा मन्त्रालयमा एक सचिव मात्रै, दवाडीलाई पूर्ण जिम्मेवारी

काठमाडौं - सरकारले मन्त्रालयहरूको संख्या घटाउँदै प्रशासनिक संरचना पुनर्गठन...

१० सचिवको सरुवा, को कहाँ ?

काठमाडौँ - सरकारले १० सचिवको सरुवा गरेको छ ।...

धेरै पढिएको