काठमाडौँ – नेवा: समुदायले आज ज्येष्ठ शुक्ल षष्ठीका दिन सिथि नख: पर्व मनाएका छन् । वर्षायाम सुरु हुनुअघि पानीका मुहान संरक्षण र सरसफाइ गर्ने परम्परासँग जोडिएको यो पर्व नेवा: सभ्यता र संस्कृतिको महत्वपूर्ण हिस्सा मानिन्छ।
पर्वका अवसरमा इनार, कुवा, धारा र पोखरीको सामूहिक सरसफाइ तथा पूजा गरिन्छ । ललितपुर महानगरपालिका पाटनमा रहेको पोखरी तथा धारा सफाइ कार्यक्रम आयोजना गरेको थियो ।
सिथि नख: मा मुहान सफा गरेपछि केही दिन प्रयोग नगर्ने चलन छ, जसले पानी स्वच्छ र सुरक्षित राख्न मद्दत गर्ने विश्वास छ । सरसफाइपछि घरघरमा बारा, चटामरी, छोयला लगायतका परम्परागत परिकार खाने चलन रहिआएको छ।

