चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं – नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक तथा सिर्जनात्मक कार्यशाला : डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी” सुरु भएको छ। एक महिनासम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक लिउ चानपिङले यस कार्यक्रमलाई चीन–नेपाल सांस्कृतिक आदानप्रदान र नवप्रवर्तन सहकार्यको महत्वपूर्ण पहलका रूपमा प्रस्तुत गरे।

उनले “गुओछाओ” आधुनिक परिवेशमा पुनर्जागृत चिनियाँ सांस्कृतिक प्रवृत्ति भएको उल्लेख गर्दै यसले पाँच हजार वर्ष पुरानो चिनियाँ सभ्यताको सांस्कृतिक विरासतलाई डिजिटल प्रविधिसँग जोडेर नयाँ पुस्तासम्म पुर्‍याउने काम गरिरहेको बताए।

प्रदर्शनी बेइजिङ सिनछ्वाङयिङ इन्टरनेसनल कल्चर कम्पनी लिमिटेड द्वारा आयोजना गरिएको हो भने नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र र चीन तथा विदेशी मुलुकबीच सांस्कृतिक तथा पर्यटन आदान–प्रदान केन्द्र ले सह–आयोजना गरेका हुन्।

जुन २६ देखि जुलाई २५ सम्म सञ्चालन हुने प्रदर्शनीमा ५० भन्दा बढी सांस्कृतिक तथा सिर्जनात्मक कृतिहरू राखिएका छन्। जसमा सिरेमिक कला, तामाका कलाकृति, सुजोउ कढाइ, वस्त्रकला, सिर्जनात्मक बत्ती तथा परम्परागत चिनियाँ सौन्दर्यबाट प्रेरित आधुनिक उत्पादनहरू प्रदर्शन गरिएका छन्। यसमा चीनका अमूर्त सांस्कृतिक सम्पदाका उत्तराधिकारी तथा युवा कलाकारका सिर्जनाहरू पनि समेटिएका छन्।

प्रदर्शनीमा चिनियाँ ड्रागन बोट पर्व (दुआनवु पर्व) को अवसर पारेर विशेष सांस्कृतिक अनुभव कार्यक्रमहरू पनि समावेश गरिएको छ। आगन्तुकहरूले चिनियाँ परम्परागत परिकार ‘जोंग्जी’ को स्वाद लिन सक्नेछन् भने ताइची प्रदर्शन, परम्परागत गीत–नृत्य तथा कविता वाचनका कार्यक्रममार्फत चिनियाँ सांस्कृतिक परम्परा अनुभव गर्न सक्नेछन्।

कार्यक्रममा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक डिजाइनसम्मका विषयलाई समेट्दै दुई देशबीच सांस्कृतिक समझदारी र सिर्जनात्मक सहकार्यलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बताइएको छ।

उद्घाटन मन्तव्यमा निर्देशक चानपिङले नेपाली नागरिकलाई परिवार र साथीहरूसहित प्रदर्शनी अवलोकन गर्न आग्रह गर्दै चीन–नेपाल सांस्कृतिक तथा सिर्जनात्मक सहकार्य र सभ्यताबीचको पारस्परिक सिकाइलाई थप मजबुत बनाउन सबैको सहभागिता आवश्यक रहेको बताए।

    

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको