मेलम्चीको पानी घरघरमा कहिले आइपुग्छ ? सचिव भन्छन : अझैँ ठ्याक्कै भन्न सक्दैनौं

काठमाडौं –  मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याउन १ वर्ष बढी लाग्ने देखिएको छ। असार मसान्तसम्म कार्य सम्पन्न गरी सुरुङ परीक्षण गर्ने भनिए पनि प्राविधिक कारणले सम्भव नदेखिएको हो। कोरोनाको बन्दाबन्दी सुरु भएपछि झन्डै ७५ प्रतिशत कामदार घर फर्किनुु, आपूर्ति व्यवस्था सहज नहुनु र वर्षात्को समय भएकाले अझ एक वर्ष लाग्नसक्ने अनुमान गरिएको छ।

प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा  मन्त्रालयका सचिव माधव बेल्बासेले भौतिक संरचना निर्माण सम्पन्न भइसकेपछि पनि सुरुङमा पानी परीक्षण गर्न कम्तीमा दुई महिना लाग्ने बताए। सुरुङमा पानी परीक्षण प्राविधिक रूपमा जटिल काम भएको उनको भनाइ छ। परीक्षणसहित एक वर्षभित्र सबै काम सकिने सचिव बेल्बासेले बताए। बैठकमा मेलम्ची खानेपानी विकास समितिका महानिर्देशक तिरेशप्रसाद खत्रीले आयोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

उनका अनुसार मेलम्ची आयोजनाको ९७ प्रतिशत काम सम्पन्न भएको छ। सुरुङ निर्माणको काम ९९ प्रतिशत, हेडवक्रस ६५ प्रतिशत, डीआई पाइपसहितको वैकल्पिक पानी पथान्तरण प्रणाली शतप्रतिशत, सुरुङ तथा पानी प्रशोधन केन्द्रबीचको जडान कार्य ९८ प्रतिशत र पानी प्रशोधन केन्द्र शतप्रतिशत सकिएको छ। चार सय कामदारले निरन्तर काम गरिरहेको अवस्थामा बन्दाबन्दी भएपछि ६० जना चिनियाँसहित जम्मा १६४ जना कामदारले मात्र काम गरिरहेका छन्। मेलम्ची आयोजनामा हालसम्म २८ अर्ब ८६ करोड रुपियाँ खर्च भइसकेको महानिर्देशक खत्रीले जानकारी दिए।

खानेपानीमन्त्री बिना मगरले पनि मेलम्ची कुन मितिदेखि राजधानी बासीको घरको धारामा खस्छ भन्ने स्पष्ट जवाफ भने दिइनन । ‘चालु आर्थिक वर्षमा भौतिक काम सक्ने र नयाँ आर्थिक वर्षदेखि पानी वितरण शुरु गर्ने भनेर प्रतिनिधि सभामा प्रतिवद्धता भने उनले जनाइन । आयोजनाको भौतिक निर्माणको काम सम्पन्न भएपछि उद्घाटनको मिति तोक्ने मन्त्री मगरले जानकारी दिइन् ।

हेर्नुहोस् भिडियो 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको