‘मलाई शेरबहादुर मनपर्छ’ भिडियो आफ्नै पार्टीभित्र पनि विवाद उठेपछि देउवाले दिए यस्तो निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवालयलाई ‘भाइबर ग्रुप’बाट सार्वजनिक हुँदै आएका भिडिओहरु बन्द गर्न निर्देशन दिएका छन्।

निजी निवास बूढानीलकण्ठमा शुक्रबार जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सचिवालयले ‘मलाई शेरबहादुर मनपर्छ’शीर्षकमा जारी गर्दै आएका भिडिओ श्रृखंला बन्द गर्न निर्देशन दिइसकेको बताएका हुन्।

‘त्यो भिडिओ बन्द गर्न मैले निर्देशन दिइसकेँ, अब आउँदैन, तपाईं ढुक्क हुनुस्,’ केन्द्रीय सदस्य धनराज गुरुङले बैठकमा बोलिसकेपछि प्रधानमन्त्री देउवाले भने।

‘मलाई शेरबहादुर मनपर्छ भन्ने भिडिओ सन्दर्भ मैले उठाएपछि सभापतिज्यूले त्यो बन्द गर्न निर्देशन दिइसकेँ, अब आउँदैन, तपाईं ढुक्क हुनुस् भन्ने जवाफ दिनुभयो,’ गुरुङले भने, ‘उहाँले बोलेका कुरा कार्यान्वयन हुने विश्वास लिएको छु।’

यसअघि उनले प्रधानमन्त्री देउवाको ‘अघोषित’ सचिवालयले ‘भाइबर ग्रुप’मा सार्वजनिक गरिरहेका भिडिओप्रति आपत्ति जनाएका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘आई लभ यु’ भन्नेहरुले सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्‍याएको टिप्पणी गर्दै गुरुङले प्रधानमन्त्रीलाई मलाई शेरबहादुर मनपर्छ’ भन्नेहरूबाट सजग हुन सचेत गराएका थिए।

‘आई लभ यु भन्नेहरुले केपी ओलीलाई सिंहदरबारबाट बालकोटको बार्दलीमा पुर्‍याए। सभापतिज्यू तपाईं प्रधानमन्त्री बनेपछि कांग्रेसमा पनि मलाई शेरबहादुर मनपर्छ भन्ने प्रवृत्ति सुरु भएछ,’ उनले बैठकमा भनेका थिए, भिडिओ देख्दा झसङ्ग भएँ। यस्तो प्रवृत्तिबाट सजग हुनुहोस्।’

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको