कसरी जन्मियो ढाका टोपी ? छोरीले टोपी लगाउनुको अर्थ के ?

  • स्वागत नेपाल 

ढाका टोपी छोरीहरुले लगाएर फेसबुकमा फोटो राखेकोमा केही इतिहासलाई सम्मान गर्न नसक्ने मूर्ख, अध्ययनहीनहरुले हेलाँ गरेर लेखे, उडाउन खोजे । लगाउनेहरुलाई पनि थाहा थिएन कतिलाई । तर, मैले २०५८ मै एउटा अनुसन्धानात्मक शोध गरेर प्रकाशित पनि गरेको थिएँ ।

लेखक : स्वागत नेपाल

शोधको मुख्य स्रोत इतिहासकार द्वय ज्ञानमणि नेपाल ज्यू र हरिराज जोशी ज्यूलाई बनाएको थिएँ ।त्यो रिसर्च सबै यहाँ राख्न सम्भव छैन, यसका लागि डम्बर कुमारी खाष्टो भन्ने बाहिर पातलो जालीले मोडेको ढाकाको खाष्टो पाइन्छ अहिले पनि इन्द्रचोक लगायत झण्डै एक सय ५० वर्ष पुराना ढाकाका कपडा बेच्ने पसलहरु, त्यहाँ गएर सोध्नुस् साथीहरु ! त्यसको नाम कसरी डम्बर कुमारी खाष्टो(ढाकाको नै) भयो भनेर, अनि थाहा हुन्छ यो कति पुरानो हो ।

जंगबहादुरकी बैनी डम्बर कुमारी जंगबहादुरसँग रिसाएर देश छोडेर बंगलादेश पुगेकी थिइन्, जंगबहादुरको फकाउने बानी थिएन, उनी आफैँ फर्केर आइन्, आउँदा केही तकनिकी (कपडा बुन्न जान्ने मान्छेहरु) लिएर आइन् । त्यहाँको कपडामा नेपाली पाराको बुट्टा बनाउन लगाइन् , बंगलादेशमा त्यो कपडाको टोपी चाहिँ लगाउने चलन थिएन। उनले नयाँ पाराको नयाँ बुट्टा भएको नेपाली पाराको बुट्टा पनि राखेर टोपी बनाइन् र जंगबहादुरलाई फकाउन टोपी लगाइदिइन् अनि बोलचाल शुरु भयो ।

जंगबहादुरले प्रशंसा गरे नयाँ आफ्नै पाराको टोपी नेपालीहरुको भयो भनेर । उनले लगाए । पछि अन्य भारदारहरुले पनि लगाउन थाले । यस्तो टोपी, यस्तो पाराको बुट्टाको अहिले पनि बंगलादेशमा लगाउँदैनन् स्थानीयले । त्यो बनेको नै हाम्रो आफ्नो हो । उनीहरु त्यसको टोपी लगाउँदैनथे त्यो बेला पनि । धेरै समुदायमा अहिले पनि विवाहमा टोपी लगाउनै पर्ने र अविवाहित पुरुषलाई टोपी लगाउन अनुमति नहुने समय पनि थियो, अविवाहित महिलाले सिन्दुर लगाउन अनुमति नभएजस्तो । यो टोपी बंगलादेशबाट आएको हो भन्नेहरुको भनाइ घाँसीले घाँस बेचेर कुवा खनाउने हावादारी कथा मोतीरामले भानुभक्तको प्रेरणाको बारेमा कथेजस्तो हो ।

किनकि त्यो बेला त के अहिले पनि तनहुँको रम्घा गाउँमा घाँस बिक्री हुँदैन, त्यो बेला घाँस किनेर कोही पनि गाइैभैसीलाई खुवाउँदैनथ्यो । त्यसो गर्नुभन्दा गोठालो राख्नु फाइदा हुन्थ्यो, त्यस्तै ढाका टोपी न त्यो बेला बंगलादेशीले लगाउँथे, न अहिले नै । त्यो हामीले बनाएको हो । डम्बर कुमारीले बनाएको हो पहिलो पटक, जोसुकैको छोरी बैनी होस् एक नेपाली चेलीले बनाएको हो । उनले सिर्जनशील रुपमा नेपाली उद्योगको युग शुरु गरिन्उनी क्रिएटिभ थिइन् । त्यसैले अहिले टोपी छोरीहरुले लगाएर फेसबुकमा फोटो राखेकोमा इतिहासलाई सम्झौँ कि यो छोराले लगाए पनि छोरीले नेपाली उद्योग शुरु गरेको खुसीमा पनि नारी उद्यमशीलता, सिर्जनशीलताको प्रतीक पनि हो ।

बंगलादेशबाट आएको भन्नेहरुको भ्रममा नपरौँ । अमेरिकी ट्विन टावरमा अट्याक गरेपछिको समयमा अमेरिकामा राष्ट्रिय झण्डाको प्रयोग बढ्यो, माग बढ्यो, अमेरिकाले आफै उत्पादन गर्न भ्याएन, चीनले अमेरिकाको राष्ट्रिय झण्डा बनाएर सप्लाई गरिदियो । कुनै विवाद भएन, आफ्नो मान्छे र आफ्नो चीज जहाँबाट आए पनि आफ्नै हुन्छ  ।  छोराले लगाउने भए पनि छोरीको योगदान, सिर्जनशीलता र उद्यमशीलताको इतिहासको सम्झना पनि हो ढाका छोरीहरुले लगाउनु भनेको । लगाउनु पर्छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको