एमाले दशौँ महाधिवेशन : यस्तो बन्यो ओलीको पदाधिकारी टिम

काठमाडौँ – नेकपा एमालेको दशौँ महाधिवेशनबाट एमाले अध्यक्षमा केपी शर्मा ओलीकै टिम निर्वाचित भएको छन् । ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । सर्वसम्मत हुने ओलीको आंकाक्षामा भीम रावलले चुनौती खडा गरेपछि उनी महाधिवेशनमा मंगलबार भएको मतदानबाट बहुमतले विजयी भएका हुन् ।

२०७१ सालमा भएको एमालेको नवौं महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका ओली २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि पनि निरन्तर अध्यक्ष नै थिए । एमाले र माओवादी केन्द्रको एकता गत वर्ष फागुनमा अदालतको आदेशका कारण भंग भएपछि एमालेले १०औं महाधिवेशन गरेको हो ।

यो महाधिवेशनमा ओली सर्वसम्मत अध्यक्ष बन्न चाहन्थे । पार्टीभित्र विभिन्न मनोविज्ञानका नेताहरू रहेकाले तीनलाई व्यवस्थापन गर्न भन्दै ओलीले केन्द्रीय कमिटी नै आफूले प्रस्तावित गरे ।

शनिबारको बन्दसत्रबाट प्राप्त अधिकार अनुसार आइतबार रातिको बन्दसत्रमा ओलीले प्रस्तुत गरेको सूची अनुसारकै पदाधिकारीहरु मंगलबार निर्वाचित भएका छन्।

 अध्यक्षमा ओली निर्वाचित हुँदा, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवास नेम्वाङ निर्वाचित भएका छन् ।

त्यस्तै, महासचिवमा शंकर पोखरेल, उपहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल र सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्‌मा अर्याल निर्वाचित भएका छन् ।

ओलीको सूचीलाई चुनौति दिँदै अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएका थिए। त्यस्तै सचिवमा भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका थिए। उनीहरु सबै पराजित भएका हुन्।

नेकपा एमालेको आज निर्वाचित हुने नयाँ कार्यसमितिले आजै शपथ लिने भएको छ । निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरुले आजै शपथ लिने भएका हुन् ।

 मतपरिणाम आएपछि विजयी नेताहरुलाई आजै सपथ ग्रहण गराउने तयारी आयोगको छ ।  नयाँ केन्द्रीय कमिटीको बैठक आजै बस्ने छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र सदस्यहरुका लागि निर्वाचन भएको थियो । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिवहरु निर्विरोध चयन भइसकेका छन् । एमालेको १० गतेदेखि चितवनमा जारी १० औं महाधिवेशन आजबाट  सकिँदैछ । दुई दिनका लागि तय भएको महाधिवेशन चार दिनसम्म लम्बिएको थियो ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको