सिपाहीका मेस तत्काल सुधार गर्न डिआइजी पोखरेलको निर्देशन

काठमाडौं – महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेलले सिपाहीका मेस तत्काल सुधार गर्न मातहतका युनिटहरुलाई निर्देशन दिएका छन्। उपत्यकाका तीन जिल्ला र वृतका प्रमुखहरुलाई सोमबार रानीपोखरीमा बोलाएर पोखरेलले त्यस्तो निर्देशन दिएका हुन्।

मेट्रो प्रमुखका रुपमा सरुवा भएलगत्तै मातहतका प्रहरी अधिकारीले हप्तामा एक दिन सिपाहीसँग सुत्नुपर्ने र एक छाक सिपाहीको मेसमा खानु पर्ने निर्देशन दिएपछि पोखरेल चर्चामा छन्। उनले केही दिन अघि सिपाहीको मेसमा खाना खाएको विषयले चर्चा पाएको थियो।

सिपाहीको मेस फोहोर भएको, पर्याप्त भाँडाकुडा नभएको, खाना खान बस्ने ठाउँसमेत नभएकोलगायत गुनासो आएपछि मेट्रो प्रमुखले तत्काल यसलाई सुधार गर्न निर्देशन दिएको बैठकमा सहभागी एक प्रहरी अधिकारीले बताए।

‘सिपाहीका समस्या र गुनासालाई उहाँले प्राथमिकता दिनु भएको छ। यसैलाई सम्बोधन गर्न पहिलो चरणमा मेस सुधारको अभियान सुरु हुन लागेको हो’, बैठकमा सहभागी एक प्रहरी अधिकारीले भने।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको