संसदीय समितिमा सत्ता गठबन्धनले दिएन उम्मेदवारी, एमालेबाट यी दुई नेता सभापति हुने पक्का

बागमती प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदमा क्रमशः नारायणबहादुर सिलवाल र केशवप्रसाद पोखरेलले मनोनयन दर्ता गराउनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । उहाँहरू दुवै जना एमालेका तर्फबाट उम्मेदवार हुनुभएको हो भने दुवै जना काठमाडौँबाटै निर्वाचित रहेका छन्  ।

सचिवालयका अनुसार दुवै समितिको भोलि हुने निर्वाचनमा सत्ता गठबन्धनबाट भने उम्मेदवारी दर्ता भएको छैन । आज अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।

वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन गरिने जनाइएको छ ।

अर्थ तथा विकास समितिमा २० र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा १९ जना मतदाता हुनुहुन्छ । यी दुवै समितिमा एमालेका १२–१२ जना सदस्य रहेका छन् । अर्थ तथा विकास समितिका सदस्यहरू सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहेका कारण उनीहरू निर्वाचनमा सहभागी हुने छैनन् ।

अर्थ तथा विकास समितिका तत्कालीन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री भएसँगै उक्त पद रिक्त थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त छ ।

प्रदेशसभा सचिवालयले अर्थ तथा विकास समितिको सभापति पदको निर्वाचन सोमबार मध्याह्न १२ बजेका लागि तय गरेको छ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति पदको निर्वाचन सोमबार दिनको २ बजेका लागि तय गरिएको प्रदेशसभाका सह प्रवक्ता उमेशराज सोतीले जानकारी दिए ।

स्रोतका अनुसार गठबन्धन निर्वाचन कार्यक्रममै अनुपस्थित हुने भएको छ । ‘गठबन्धनमा कुनै छलफल नै भएको छैन । उक्त समितिमा रहेका सदस्यहरुलाई पनि केही वास्ता छैन । त्यसकारण निर्वाचन प्रक्रियामै सहभागी नहुने तयारी भइरहेको छ’, स्रोतले भन्यो ।

गठबन्धनको उम्मेदवार नहुँदा एमालेका उम्मेदवार सर्वसम्मत हुने निश्चित छ । दुवै समितिमा एमालेको १२/१२ सांसद छन् ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको