प्रहरीको पद र गरिमालाई बढाउने गरी काम गर्न डिआइजी पोखरेलको निर्देशन

काठमाडौं – महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले प्रहरीको पद वा गरिमालाई बढाउने गरी  निर्देशन दिएका छन्।  बुधवार  महानगरीय सशस्त्र प्रहरी गण र महानगरीय प्रहरी शिक्षालय महाराजगंजको निरिक्षण गर्ने क्रममा कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेले विशेष परिस्थितमा गणमा कार्यरत रहेका प्रहरी कर्मचारीहरू परिचालन हुने हुनाले खटिएको ठाउँमा नमुनाको रूपमा रहदै बोली व्यवहारमा नम्रता-शिष्टता एवं व्यवसायिक र कानूनको उल्लघंन नगरी कार्य गर्न पनि प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए  ।

विशेष परिस्थितिमा खटिने जनशक्ती भए पनि कार्यक्षेत्रमा खटिदा तपाईको कार्य पाईला पाईलामा नागरिक, सरोकारवाला निकाय, राज्य संयन्त्र साथै सरकारबाट समेत Audit भैरहेको हुनाले गलत गर्ने प्रहरी कर्मचारीहरूलाई Excuse नगर्ने दोहोर्याउदै व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटीएमा वा आर्थिक अनियमितता क्षम्य नहुने कारवाही गरेरै छाड्ने बताउनु भयो ।

प्रहरीको एउटा सदस्यको सानो कमजोरीका कारण ठुल-ठुला उपलब्धि पनि छाँयामा पर्ने तथा समग्र संगठनको छवीमा आच आउछ भन्दै कुनै पनी कमजोरी नगरी जनअपेक्षा, राज्य संयन्त्र र सरकारको अपेक्षा अनुसार व्यवसायिक क्षमतालाई अभिवृद्धी गर्दै प्रभावकारी सेवा प्रवाह गर्न उहाँले निर्देशन दिनु भयो ।

एक पटक प्रहरी सेवामा प्रवेश गरि सेवाबाट अलग भएपनि आफ्नो २/३ पुस्ता सम्म प्रहरीकै नाम जोडिएर आउने हुनाले  दिनु भयो ।विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ती सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यस तर्फ सचेत रहदै शान्ती सुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीहरूलाई दिन रात नभनी त्रुटिरहित जिम्मेवारी बहन गर्न समेत उहाले निर्देशन दिनु भयो ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको