प्रचण्डले मनपरी केन्द्रीय सदस्य बाडेपछि बैठकमै उठ्यो यस्तो प्रश्न

नेकपा माओवादी केन्द्रको बैठकमा एक सदस्यले केन्द्रीय सदस्य बनाउँदा मनपरी भएको भन्दै कटाक्ष गरेका छन् । केन्द्रीय सदस्य मानबहादुर बुढाले चौतर्फी भड्केका आत्मा केन्द्रीय सदस्य बन्न आएको बताएका हुन् ।

उनले पार्टीले केन्द्रीय समितिमा कस्तालाई ल्याउने र कस्तालाई नल्याउने भनेर स्पष्ट मापदण्ड ल्याउनुपर्नेमा जोड दिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा १५ बुँदे प्रस्ताव पेश भएको छ । सोमबारको बैठकमा केन्द्रीय समिति सदस्य तथा प्रदेश विशेष समन्वय समितिका अध्यक्ष ओम शर्माले पेश गरेको ‘बैठकमा सार्वजनिक महत्वका विषयमा उठेका एजेण्डा र प्रश्नहरु’ शीर्षको प्रस्तावमा आगामी संघीय र प्रदेश निर्वाचनको सम्भावित परिणामले पार्टीको भविष्य निर्धारण गर्ने भएकाले पार्टीले वस्तुस्थितिको विश्लेषण गर्दै ऐतिहासिक निर्णय गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रस्तावमा शर्माले संसदमा थकित अनुहारलाई निषेध गर्दै युवा पुस्तालाई प्राथमिकता दिइनुपर्नेमा जोड दिएका छन् । ‘संसदमा कार्यसम्पादन कमजोर भएका पुरानै र थकित अनुहार, भविष्यमा केही गर्न नसक्ने कमजोर व्यक्तिलाई रोजगारीका लागि मात्र संसद पठाउने गल्ती गर्नु हुँदैन’, उनको प्रस्तावमा भनिएको छ, ‘यो प्रतिनिधिसभा र राष्ट्रियसभा तथा प्रदेशका तर्फ पनि लागू गर्नुपर्छ ।’

औचित्य पुष्टि नभएसम्म ०६३ यता चार पटक संसद भएकालाई यसपटक उम्मेदवारी नबनाउने ऐतिहासिक निर्णय लिइनुपर्नेमा पनि प्रस्तावमा जोड दिइएको छ । यसो गर्दा युवा पुस्तालाई संसदमा प्रवेश गर्ने बाटो खुला हुने प्रस्तावमा भनिएको छ । श्रीमान–श्रीमतीलाई त कुनैपनि मूल्यमा संसद छिराउने दुस्साहस गर्न नहुने उनको भनाइ छ ।

एउटा निर्वाचन जित्ने र अर्कोको तयारीमा लाग्ने वा निर्वाचनदेखि निर्वाचनसम्मको गोलचक्करबाट बाहिर निस्कने र पार्टीलाई बलियो बनाएर जित सुनिश्चित गर्ने आधार तयार पार्ने हो भने पार्टीले ऐतिहासिक निर्णय लिनैपर्ने प्रस्तावमा उल्लेख छ । प्रस्तावमा पार्टीको लोकप्रिय मत बढाउने रणनीति तय गर्नुपर्ने र सशक्त चुनावी एजेन्डा तय गर्नुपर्नेमा जोड दिइएको छ ।

‘संघको चुनावमा जनताले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादनको पनि मूल्यांकन गर्ने भएकाले हाम्रो पार्टीका प्रदेश सरकार, स्थानीय सरकारले जनताको मन जित्ने प्रकृतिका चुनावी कार्यक्रम ल्याउन पर्दछ’, प्रस्तावमा भनिएको छ, ‘गठबन्धन वा तालमेलमार्फत हामीले प्रत्यक्षतर्फ ठिकै सिट जित्न सक्छौँ ।

तर, अहिलेको मुख्य विषय समानुपातिक मार्फत हामीले हाम्रो शक्ति प्रदर्शन गर्नुपर्छ । यसका लागि समानुपातिक तर्फको सूचीमा देशले विश्वास गरेका विभिन्न क्षेत्रका १५–२० जना प्रतिष्ठित/विज्ञ व्यक्तिहरु समेट्नु पर्छ । ताकि प्रतिष्ठित/विज्ञहरु माओवादीका सम्पती हुन् भन्ने सन्देश दिनुपर्छ । यसैको बलमा हामीले चार–पाँचलाख मतसम्म बढाउन सक्छौं ।’

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको