नेपाल प्रहरीका लेखापालहरूको पदावधि बढाउने निर्णय

नेपाल प्रहरीका लेखापालहरूको पदावधि बढाउने निर्णय गरिएको छ । अहिले कायम रहेको ६ वर्षे पदावधिलाई बढाएर ८ वर्ष कायम गरिएको छ ।

नेपाल प्रहरीको नीतिगत निर्णय गर्ने निकाय निति समन्वय समिति (पिसिसि)ले सो निर्णय गरेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।

यसअघि महिला लेखापालको मात्र ८ वर्षे पदावधि कायम थियो । पिसिसिले महिला र पुरुषको पदावधि समान बनाएको छ।

प्रहरी प्रधान कार्यालय मातहत बजेट चल्ने ५ सय ११ वटा युनिटमा लेखापालको दरबन्दी छ । लेखा अधिकृतमा प्रवेश गरेपछि अब, ८ वर्षसम्म सो समूहबाट बाहिर जानुपर्दैन ।

२०७८ मा प्रहरी प्रधान कार्यालयले कार्यावधीलाई घटाएर ५ वर्ष बनाउने गरी गृह मन्त्रालयमा नयाँ मापदण्ड प्रस्ताव गरेको थियो । तर, गृहमन्त्रालय त्यसबारे कुनै निर्णय लिएन ।

प्रहरी युनिटलाई ‘क’ देखी ‘घ’ सम्म वर्गिकरण गरेर लेखा अधिकृतको जिम्मेवारी दुई–दुई बर्ष कायम गरिएको छ । प्रहरी सहायक निरिक्षक (सअई) लेखापाल हुने कार्यालयमा भने वर्ग लागू गरिएको छैन् ।

प्रहरी प्रधान कार्यालयल गत वर्षबाट थप २५ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा नयाँ बजेटको व्यवस्था गरेको थियो । २०७८ को असार मसान्तमा हुनुपर्ने लेखापालको सरुवा अहिलेसम्म भएको छैन् ।

गत वर्ष लेखापाल सरुवामा सिफारिसको चाङ लागेपछि गृहमन्त्री खाणले नै सरुवा रोक्न प्रहरी महानिरीक्षकलाई आदेश गरेका थिए ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको