लकडाउनमा नि:शुल्क एम्बुलेन्स : कान्छाराम भन्छन, कर्तव्य सम्झेर निश्वार्थ सेवा गर्दैछु

रामेछाप – लकडाउनमा सबै आफ्नो घरमा सिमित भएको बेला रामेछापका एकजना समाजसेवीलाई भने चटारो छ । को विरामी परेको छ, ? कसलाई कुन अस्पतालसम्म लैजाने र अस्पतालबाट निस्केका विरामीलाई घरसम्म कसरी पु¥याउने ? उनलाई महिना दिनदेखि त्यसैको टन्टा छ ।

कान्छाराम तामाङ (पूर्णवहादुर ) ले जिल्लामा विरामी परेका सर्वसाधारणलाई अस्पतालसम्म पु¥याउनका लागि आफ्नो निजी खर्चमा १४ वटा एम्बुलेन्स वितरण गरेका थिए । तिनै एम्बुलेन्स मार्फत विरामीको सेवाका लागि लकडाउनमा उनी क्रियाशिल छन् । वितरण गरेका १४ मध्ये अहिले १३ वटा एम्बलेन्स रामेछाप जिल्लाका विभिन्न पालिकामा बेस रहेर संचालनमा छन् । एउटा मर्मतका लागि ग्यारेजमा छ । सबै एम्बुलेन्सले गरी लकडाउनका बेला शुक्रबारसम्म ( १९ गते ) रामेछापबाट १ सय ६ टिप काठमाडौंसम्म विरामी पु¥याएका छन् । त्यसको सबै खर्च कान्छारामले बेहोरीरहेका छन् । रामेछापबाट काठमाडौंसम्म सरदर एक टिप एम्बलेन्स गुडाउदा १० देखि १२ हजारसम्म खर्च आउछ । मन्थलीबाट केही सस्तो भएपनि दुर्गमबाट गुड्दा तेलमा धेरै खर्च लाग्ने गर्छ ।

लकडाउन लागेपछि कान्छारामले कोरोनाको महामारीमा आफ्नो योगदान के हुन सक्छ ? भन्ने कुरा सोचे । तुरुन्तै निष्कर्ष निस्कीयो – आफुले दिएका एम्बुलेन्स मार्फत विरामी काठमाडौं आउनु परेमा त्यसमा लाग्ने तेल, चालकको भत्ता र मर्मत खर्च आफैले वेहोर्ने । उनले उक्त कुराको सूचना जिल्लाका एफएम रेडियोमा दिए । आफ्नो र सहयोगीको फोन नम्बर सूचनामा प्रसारण गराए । अनि पैसाको पोको बोकेर काठमाडौंमा तैनाथी अवस्थामा बसे ।

जिल्लामा हालसम्म कोरोना भित्रीएको छैन । तर अरु रोगका विरामी बाक्लै छन् । स्थानीय स्तरमा उपचार हुन नसकेपछि काठमाडौं नै पुग्नुपर्ने बाध्यता रामेछापबासीलाई छ । त्यसमाथि दुर्घटनामा परेका छदैछन् । सूचना प्रकाशित गरेकै दिनदेखि कान्छारामको फोन वज्न थाल्यो । विरामी लिएर आएको एम्बुलेन्समा तेल हाल्नु पर्यो भनेर आउने फोन मात्र हैन, जिल्लाका विभिन्न भागबाट एम्बुलेन्स पठाउनका लागि पनि उनलाई फोन आउन थाल्यो ।

हरेक दिन जस्तो तेल र चालकको भत्ता दिन उनी एम्बुलेन्स भएको ठाउंमा पुग्छन् । अस्पतालबाट डिस्चार्ज भएका विरामीलाई घर पठाउनु परेमा खर्चपर्च सोध्छन् । विरामी फर्कदा पनि उनले पैसा नलिन भनेका छन् । दर्जनौ पटक उनले एम्बुलेन्सको मर्मत खर्च पनि बेहोरेका छन् । टायर बदलेका छन् । यस कार्यका लागि कान्छारामलाई कुनै निकायले सहयोग दिएको छैन । कुनै गैर सरकारी संस्थाको पैसा उनले परिचालन गरेका हैनन् । ‘मन हो’ कान्छाराम भन्छन् – मैले जिल्लाबासीलाई परेको बेलामा गर्ने हो , मैले आफ्नो कर्तव्य सम्झेर सहयोग गर्ने निधो गरेको हुं । म आफुले वोलेको कुरा जसरी पनि पुरा गरेर छोड्छु । १ सय ६ खेप हैन, लकडाउन हुन्जेल चाहे हजार टिपनै किन नहोस या दुईबर्षनै किन नहोस मैले सहयोग गर्छु कान्छारामले मनमा लागेको सामाजिक भावना पोखे । ‘मैले राजनिती हेरेर, भेग हेरेर, जात हेरेर सहयोग गरेको छैन ’ कान्छाराम भन्छन् – चाहे जो सुकै विरामी होस , त्यो रामेछापबासी मेरो बा आमा दाजु भाइ दिदी बहिनी हो भन्ने कुरा सम्झेर निश्वार्थ भावनाले सहयोग गर्छु ।

यसो भन्दै गर्दा कान्छारामले कसैले स्यावासी दिएका छैनन् । दिएको भए तिनै विरामी परेका र उनीहरुका आफन्तले दिएको आषिश । आफ्नो गोजिको पैसा हालेर १४ वटा एम्बुलेन्स दिएको मान्छेले अहिले लाखौं रुपैया बेहोरेर एम्बुलेन्स निशूल्क गुडाइरहेको देखेका जिल्लाका केहि नेताहरुले उनको उल्टै आलोचना गरेका छन् । कान्छाराम कागे्रसका नेता पनि हुन । उनि गएको प्रतिनिधिसभा सदस्यको प्रत्यासी थिए । अहिले पनि उनि राजनीतिमा उत्तिकै सक्रिय छन् । त्यहि भएर कांग्रेस इतरका शक्तिहरु उनको सामाजिक कामलाई राजनीतिको आंखाले हेर्ने गर्छन् । कान्छारामले निशूल्क एम्बुलेन्स दिदा होस या तेल हालेर नि:शुल्क एम्बुलेन्स गुडाउदा अरुको टाउको दुखेर आउछ । उनीहरु चुनावमा भोट तान्ने हो कि ? भनेर झस्कन्छन् र कान्छारामलाई स्यावास दिनुको साटो उल्टै झम्टन्छन् । कान्छारामले दिएको एम्बुलेन्समा मान्छे नबोक्दाको विकल्प भने विरोध गर्नेहरुसंग छैन । सरकारी स्वास्थ्य चौकीहरुमा दिएको एम्बुलेन्स थला बसेको बेला उनीहरुको झम्टाई बेर्थको छ ।

कान्छारामलाई भने कसैले स्यावासी भनिरहनु पर्दैन । कसैले आलोचना गरेपनि उनी बिच्किहाल्दैनन् । ‘यो मेरो सेवाको भावना हो , कसैलाई टाउको दुख्छ भने उनीहरुले पनि मेरो जस्तै काम गर्दा भैहाल्यो नि ’ कान्छाराम यसै भन्दिन्छन् ।
यति धेरै खर्च र टन्टाको पछाडि उनको एउटै स्वार्थ छ । आफ्ना बा आमा र उनको नाम । उनले दिएका हरेक एम्बुलेन्समा उनको पिताको नामबाट दर्ता भएको शेरवहादुर तामाङ स्मृति प्रतिष्ठानको नाम लेखिएको छ । अनि सौजन्यमा कान्छाराम तामाङको नाम छ । यहि नाम देखेर धेरैलाई फड्को लाग्छ । कान्छाराम भन्छन् – मैले जिल्लाबासीलाई दिएको सेवामा आफ्नो पहिचान त दिनु पर्यो नि ! मेरो अरु कुनै स्वार्थ छैन र हुदैन पनि ।

एम्बुलेन्स त सामान्य कुरा भयो । जिल्लामा दुर्घटना पर्दा या सिकिस्त विरामी जो एम्बुलेन्सबाट काठमाण्डौं पुर्याउँदा बचाउन सकिदैन भन्ने खवर सुन्नासाथ कान्छाराम हेलिकप्टर लिएर उद्धारका लागि पुग्छन् । विभिन्न दुर्घटना र सिकिस्त विरामीलाई कान्छारामले हेलिकप्टरबाट आफैले उद्धार गरेर ज्यान बचाएका छन् । भन्छन् – पैसाले पुगेको मान्छे मैले देखेको छैन, म गर्दै जान्छु भगवानले पुर्याउदै जान्छन् ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको