रसुवागढी हाइड्रो पावर साञ्जेन जलविद्युतको साधारण शेयर बाँडफाँड, कसलाई कति पर्यो ?

 काठमाडौं-   – साञ्जेन जलविद्युत कम्पनी तथा रसुवागढी हाइड्रो पावरले निष्काशन गरेको साधारण शेयर ऊर्जा मन्त्रालयमा बिहीबार बाँडफाँड भएको छ ।  शेयर बाँडफाँड कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन पनि उपस्थित हुनुहुन्थ्यो ।

साञ्जेन जलविद्युत कम्पनीको शेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १० कित्ताका लागि आवेदन दिएका सबै ५९ हजार ४५५ जना आवेदकले माग गरेअनुसार शेयर बाँडफाँड गरिएको छ ।

त्यस्तै २० देखि २ हजार कित्तासम्म आवेदन दिएका २ लाख २९ हजार ४४२ आवेदकमध्ये ९१.२३ प्रतिशत अर्थात दुई लाख ९ हजार २३८ आवेदकले गोलाप्रथाबाट थप १० कित्ता गरी २० कित्ताका दरले शेयर पाएका छन् ।

त्यस्तै रसुवागढी हाइड्रोपावरले निष्काशन गरेको साधारण शेयर पनि बिहीबार नै बाँडफाँड गरिएको छ । रसुवागढीको साधारण शेयरमा आवेदन दिनेले धेरैमा ५० कित्तासम्म शेयर पाएका छन् । ४० कित्तासम्मको शेयर माग गर्दै आवेदन दिएका आवेदकले भने मागबमोजिम नै शेयर पाएका छन् ।

सभामुख र ऊर्जा मन्त्रीलाई पनि शेयर

सभामुख कृष्णबहादुर महरालाई जनताको जलविद्युत आयोजनाअन्र्तगत रसुवागढी जलविद्युत आयोजनाको ४० कित्ता, सान्जेन जलविद्युत आयोजनाको २० कित्ता शेयर परेको छ । त्यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको २०–२० कित्ता शेयर परेको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको