काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ९ बजे बालुवाटारमा बोलाइएको जनाइएको छ ।
आजको बैठकमा लामो समयदेखी पार्टी भित्रको विवाद समाधान गर्ने विषयमा छलफल हुने बताइएको छ । आजको बैठकले नेकपा भित्र देखिएको विवाद समाधानको लागि शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गर्नेछ।
गत शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक विवाद समाधानका लागि विष्णु पौडेल, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए । सो कार्यदललाई आज बस्न लागेको पार्टीको सचिवालय बैठकले अनुमोदन गर्नेछ ।
