काठमाडौं – आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग जनाएको छ।
आज दिउँसोपछि देशभर सामान्य बदली रही केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ भने देश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको जनाइएको छ ।
त्यस्तै आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।
देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जाने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
