सीसीएमसीको निष्कर्ष : उपत्यकामा कोरोनाको जोखिम उच्च, होला त लक डाउन ?

काठमाडौं –  कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) ले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको छ । उपत्यका नगरपालिका फोरमले माग गरेजस्तो निषेधाज्ञा भने नलगाइने भएको छ ।

सीसीएमसी निर्देशक समितिको मंगलबार बसेको बैठकमा संक्रमणको पछिल्ल्लो अवस्थाबारे छलफल भएको थियो । सीसीएमसीका सचिव महेन्द्र गुरागाईंका अनुसार कतिपय जिल्लामा संक्रमण न्यून भएपनि उपत्यकामा उच्च जोखिम रहेको विश्लेषण छ ।

तर मेयर फोरमले माग गरेजस्तो उपत्यकाभर निषेधाज्ञा भने नलगाइने उनले प्रष्ट पारे ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यकाअनुसार परीक्षणको दायरा भने बढ्नेछ । दसैंतिहार लगायतका चाडपर्वका कारण पनि परीक्षणको दायरा कम भएकाले संक्रमितको संख्या कम देखिएको हुनसक्ने उनले बताए ।

मंगलबारबाट कक्षा १२ को परीक्षा पनि सुरु भएको छ । कलेजहरुले कक्षा ११ को परीक्षा पनि गर्दैछन् ।

लामो समयदेखि घरमा रहेका विद्यार्थीहरु परीक्षाका कारण बाहिर निस्किने भएकाले यसले पनि के असर गर्छ हुर्नुपर्ने भन्दै उनले भने, परीक्षा अवधि सकिएपछि असरको समीक्षा गर्ने र विद्यालयहरु खोल्ने कि नखोल्ने निर्णय गर्ने भन्ने भएको छ ।’

आवश्यक पर्‍यो भने संक्रमित धेरै भेटिएका क्षेत्र शिल गर्ने, तर सिंगो काठमाडौं उपत्यकामा तत्काल निषेधाज्ञा जारी नगर्न सबै सहमत भएको मेयर शाक्यले सुनाए ।

बैठकमा उच्च र न्यून जोखिम भएका क्षेत्रहरुमा कुनकुन क्षेत्र खुला गर्ने र कुनकुन क्षेत्र बन्द गर्ने भन्ने छलफल भएको छ । ‘संक्रमण न्यून भएका जिल्लाहरुमा बन्द भएका सेवाहरु विस्तारै खोल्दै जान सकिन्छ’ उनले भनेका छन् ।

साथै एकाध कर्मचारी वा पदाधिकारीमा कोरोना संक्रमण पुष्टि हुनासाथ सम्पूर्ण सेवा नै बन्द नगर्न निर्देशन दिइएको छ । बैठकले जोखिम विश्लेषण गरेर थप देशहरुमा नियमित उडान सुरु गर्न पर्यटन मन्त्रालयलाई सहमतिसमेत दिएको छ ।

सिफारिस

प्रधानमन्त्री शाहको अभिव्यक्तिमाथि संसदमा आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं - नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले भारतीय भूमि मिचेको’ भन्ने अभिव्यक्ति प्रमाणित गर्न वा संसदको अभिलेख (रेकर्ड) बाट हटाउन माग...

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो अद्भुत गुँड निर्माण कला र रोचक प्रजनन व्यवहारका कारण परिचित छ। इन्जिनियरिङ सीपका कारण यसलाई...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

भर्खरै

कलात्मक गुँड बुन्दै प्रेम र सिपको प्रतीक तोप चरा (तस्वीरहरू)

काठमाडौँ - भँगेरा वर्गमा पर्ने तोप चरा (बया) आफ्नो...

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

धेरै पढिएको