मौसम: भारी वर्षाको सम्भावना सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको उक्त रेखा नेपालतर्फ सर्दैछ ।

महाशाखाले देशका केही स्थानमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको जनाएको छ । २४ घण्टाका लागि मौसमसम्बन्धी परामर्श दिँदै महाशाखाले यस्तो जनाएको हो । मध्य तथा पूर्वका पहाडी भू–भागमा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जानकारी दिएको छ । त्यस्तै पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले बताएको छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाहुने संभावना छ । त्यस्तै आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको मध्य र पूर्वका केही स्थान पश्चिमि भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको महाशाखाले जनाएको छ । यस्तै पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमी, मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै मंगलबार दिउँसो पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदलि रहने सम्भावना छ साथै बाँकि स्थानमा सामान्य बदली रही पश्चिमि भागका केही स्थानमा तथा मध्य र पूर्वका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाहुने संभावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रही देशको पश्चिमि भूभागका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना छ । पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको