विश्वकप फुटबल ट्रफीको एसियाली यात्रा

[av_layout_row border=” min_height_percent=” min_height=’0′ color=’main_color’ mobile=’av-flex-cells’ id=” av_element_hidden_in_editor=’0′ mobile_breaking=” av-desktop-hide=” av-medium-hide=” av-small-hide=” av-mini-hide=”]

[av_cell_two_third vertical_align=’top’ padding=’30px,30px,30px,60px’ background_color=” src=” attachment=” attachment_size=” background_attachment=’scroll’ background_position=’top left’ background_repeat=’no-repeat’ mobile_display=”]

[av_textblock size=’16’ font_color=” color=” av-medium-font-size=” av-small-font-size=” av-mini-font-size=” admin_preview_bg=”]

विश्वकप फुटबल ट्रफीलाई कुनै पनि देशको राष्ट्राध्यक्षजस्तै सम्मान गरिन्छ । सुरक्षा पनि त्यस्तै  . त्यसैले यो ट्रफी उचाल्ने दुई जना मात्र हुन्छन् भनिन्छ ।

पहिलो विश्वकप जित्ने कप्तान, अर्को त्यो ट्रफी पुग्ने देशका राष्ट्राध्यक्ष । अरूका लागि त्यो ट्रफीलाई नजिकबाट हेर्न पाउनु पनि ठूलो उपलब्धि हुन्छ, छुन पाउने त परको कुरा । सन् २०१८ को विश्वकप छ महिनापछि रूसमा हुँदैछ र विश्वकपका सम्बन्धमा पूरा विश्वमा रोमाञ्चकता उत्पन्न गर्न अहिले ट्रफीको विश्व भ्रमण सुरु भैसकेको छ ।

यसलाई विश्वकपकै सबैभन्दा रोमाञ्चक मोडका रूपमा वर्णन गरिन्छ । सन् २००६ देखि विश्वकप ट्रफीको यात्रा प्रारम्भ भएको हो र विश्वकप सुरु हुनु ठीक अघि यस्तो यात्राको आयोजना हुन्छ । त्यति बेला अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र यसको एउटा प्रमुख प्रायोजक कोकाकोलाले विश्वकप ट्रफीलाई विश्व घुमाउने ऐतिहासिक निर्णय गरेका थिए र यो क्रम अहिले ठूलो उत्साहका साथ अघि बढिरहेको छ, जुन मे १ तारिखसम्म चल्नेछ ।

पछिल्लो साता मात्र विश्वकप ट्रफीको यात्रा सुरु भएको थियो र यसको पहिलो गन्तव्य रह्यो— श्रीलंकाको कोलोम्बो । जनवरी २३ मा ट्रफीले पहिलो पटक श्रीलंकाली भूमि छोएको थियो । संयोगवश यसपटक ट्रफीले सबैभन्दा बढी एसियाली देशकै यात्रा गर्नेछ । सन् २००६ मा यो ट्रफीले २९ देशको यात्रा गरेको थियो । सन् २०१० मा ८४ देश पुगेको उक्त ट्रफीले सन् २०१४ मा ९० वटा देशको भ्रमण गरेको थियो । यसपटक आयोजक रूससँगै ट्रफी पुग्ने देशको संख्या ५२ छ ।

ट्रफीको कोलोम्बो यात्रा अघि लन्डनमा फिफाले विशेष कार्यक्रम आयोजित गरेको थियो । फिफाको दाबी छ— विश्वकप ट्रफीलाई नजिकबाट हेर्न पाउनु पनि कसैका लागि जीवनमा एकपटक मात्र आउने दुर्लभ अवसर हुन्छ । यसपटक ट्रफीले ६ वटा महादेशको यात्रा गर्नेछ । कोलम्बोमा विश्वकप ट्रफीलाई सार्वजनिक प्रदर्शनीका लागि राखिँदा ठूलो उत्साह देखिएको थियो । श्रीलंकाली फुटबल खस्किएको स्थितिमा ट्रफीको आगमनले त्यहाँको फुटबलमा नयाँ उत्साह सिर्जना गर्ने विश्वास गरिएको छ ।

यसपटक विश्वकप ट्रफी कुन–कुन एसियाली देशमा पुग्नेछ त ? कोलोम्बो आइपुगेको ट्रफी नजिकैको छिमेकी माल्दिभ्सको माले पुगेको थियो । त्यसपछि थाइल्यान्डको फुकेट । त्यसपछि यो ट्रफी अरू दुई एसियाली देश लाओस र मकाओ पुग्नेछ । फेब्रुअरी ३ मा ट्रफी फेरि एसिया आउनेछ र त्यति बेला उसको गन्तब्ध हुनेछ, पाकिस्तानको लाहोर । त्यहाँबाट ट्रफी क्रमश: काजाकिस्तान, कीर्गिस्तान, उज्वेकिस्तान र तुर्कमिस्तानको भ्रमणमा लाग्नेछ ।

फेब्रुअरी १७ पछि यो ट्रफी फेरि एसिया आउनेछ र त्यति बेला यसलाई स्वागत गर्ने मौका पाउनेछ, प्यालेस्टाइनले । त्यहाँबाट ट्रफी जोर्डन र युएई पुग्नेछ । अप्रिलको अन्तिम साता यो ट्रफी तीन एसियाली देशमा पुग्नेछ र ती हुनेछन्— मंगोलिया, चीन र जापान । रूस पुग्नुअघि जापान ट्रफी यात्राको अन्तिम गन्तव्य हुनेछ । ट्रफीको अन्तिम प्रदर्शन रूसको भ्लाडिभोस्टकमा गरिनेछ र त्यहीँ ट्रफीको औपचारिक विश्व यात्रा टुंगिनेछ ।
[/av_textblock]

[av_codeblock wrapper_element=” wrapper_element_attributes=”]
[Sassy_Social_Share]
[/av_codeblock]

[/av_cell_two_third][av_cell_one_third vertical_align=’top’ padding=’30px’ background_color=” src=” background_attachment=’scroll’ background_position=’top left’ background_repeat=’no-repeat’ mobile_display=”]

[av_heading tag=’h2′ padding=’10’ heading=’Advertisement Area’ color=” style=” custom_font=” size=” subheading_active=” subheading_size=’15’ custom_class=” admin_preview_bg=” av-desktop-hide=” av-medium-hide=” av-small-hide=” av-mini-hide=” av-medium-font-size-title=” av-small-font-size-title=” av-mini-font-size-title=” av-medium-font-size=” av-small-font-size=” av-mini-font-size=”][/av_heading]

[/av_cell_one_third][/av_layout_row]

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको