चलचित्र ‘अटिजम’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

नेपाली चलचित्र जगत्मा बनिरहेको भन्दा फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को पहिलो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको सिरी सिरी हावा चल्यो बोलको रोमान्टिक गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

रिच भिजनको तर्फबाट साहित्यिक पत्रकार निबन्ध आचार्यको प्रस्तुतीमा बनेको उक्त चलचित्रको गीतको भिडियोमा प्रतिक शर्मा र सृष्टी आचार्य लगायतले अभिनय गरेका छन् । संगीतकार केशव रेग्मी (सान्दाइ) को संगीत रहेको गीतमा सोफी मल्लको शब्दमा गायिका नलिना चित्रकारले आवाज दिएकी छिन् ।

अटिजम लागेका बालक सम्मान आचार्यको जन्म दिन पारेर गीतको भिडियो खुल्ला सञ्चारमा एक कार्यक्रम गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो । केशव रेग्मी (सान्दाइ) सम्पादक रहेको चलचित्रको छायांकन तिलक गौतमले गरेका हुन् ।

अटिजमग्रस्त सम्मान आचार्यको विषयवस्तुमा तयार भएको चलचित्र अटिजम सम्मानकै मुख्य भुमिकामा कथावस्तु रहेको छ । चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र अटिजममा प्रतिक र सृष्टी अलवा सुशिल पोख्रेल, सुस्मा कार्की, बिक्रम श्रेष्ठ सागर, करुना पोख्रेल, डा. राम प्रसाद ज्ञावली, श्रद्धा कोईराला, गंगा पौडेल, पुण्यराज पुडासैनी, सौरब ढकाल, शंकर भारती, बिष्णु बहादुर सिंह, बिजय कट्टेल, अशिम कार्की, मृदुल कोईराला, रबी खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अटिजम एउटा बालबालिकामा देखा पर्ने रोग हो । अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो । यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन् । यो नेपालमा मात्र नभई विश्वभर फैलिँदै गएको हुनाले यसै विषयवस्तुमा केन्द्रित भई फिल्म निर्माण गरेको निबन्ध आचार्यले बताए ।

अटिजम एउटा रोग नभएर अवस्था भएकाले यो मानसिक तथा शारिरिक रुपमा अटिजम भएका सम्पुर्णको कथा रहेको कलाकार बिक्रम श्रेष्ठ सागरले बताए । चलचित्र निर्माणमा नयाँ टीम भएकाले धेरै चुनौतीहरु भेग्नुपरेको संगीतकार तथा चलचित्रका निर्देशक । केशव रेग्मी सान्दाइले अनुभव सुनाए ।

हेर्नुहोस् भिडियो 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको