ग्यासको मूल्य प्रतिसिलिन्डर २४ सय रुपैयाँ !

काठमाडौं – खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठित उपसमितिले व्यवसायिक प्रयोजनका लागि परल मूल्यमै बिक्री गर्न आयल निगमलाई सिफारिस गरेको छ । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रको संयोजकत्वमा गठित उपसमितिले यस्तो सिफारिस गरेको हो ।

घरायसी उपभोक्ताका लागि हालकै मूल्य र व्यवसायिक खपतका लागि परल मूल्यमै ग्यास बिक्री गर्न सिफारिस गरेको आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए ।

उपसमितिले बुधबार निगमलाई प्रतिवेदन बुझाएको र उक्त प्रतिवेदनले ग्यासमा तत्कालीन र दीर्घकालीन गरेर दुई थरी सुझाव पेश गरेको थानीले बताए ।

उपसमितिको सुझावले पहिलो व्यावसायिक प्रयोजनका लागि परल र घरायसी उपभोक्ता प्रयोजनका लागि हालकै मूल्यमा ग्याँस बेच्न सिफारिस गरेको उनले बताए ।

उनले भने, ‘हामी व्यावसायिक प्रयोजनका लागि परलमा पनि केही नाफा खाएर ग्यास बेच्ने योजनामा छौं ।’ हाल निगमलाई एक सिलिन्डर ग्यासमा २ हजार २७१ रुपैयाँ लागत परेको र त्यसमा केही नाफा खाएर बेच्दा मूल्य बढ्न सक्ने कार्यकारी निर्देशक थानीले बताए ।

बोर्ड बैठकमा छलफल हुन बाँकी रहेको प्रतिवेदनले सिफारिस गरेअनुसार नै मूल्य निर्धारण भए होटल, रेष्टुराँ, क्याटरिङ लगायतका प्रयोजनमा खपत हुने प्रतिसिलिन्डर ग्यासको मूल्य २ हजार ४ सय रुपैयाँ हाराहारी पुग्ने निगमको अनुमान छ । तर, यसबारे व्यवसायीहरुसँग छलफल गर्न बाँकी रहेको उनले बताए ।

तत्कालका लागि उपभोक्तालाई हालकै मूल्य र व्यवसायीक प्रयोजनका लागि लागतमै ग्याँस बिक्री गर्न सिफारिस गरेको ग्याँसबारे अध्ययन उपसमितिका सदस्य एवं आयल निगमको खान पकाउने ग्यास तथा हवाइ इन्धन विभाग प्रमुख नेत्रप्रसाद काफ्लेले बताए ।

प्रतिवेदनले औद्योगिक प्रयोजनका लागि निश्चित उद्योग तोक्ने वा सबै उद्योगलाई कुल उत्पादनको १५ प्रतिशत उत्पादन व्यावसायिक प्रयोजनका लागि अनिवार्य गर्न पनि सुझाइएको छ ।

यस्तै प्रतिवेदनले व्यावसायिक प्रयोजनको सिलिन्डर आवश्यकता र मापदण्डका आधारमा ठूलो बनाउन सकिने पनि सुझाएको छ । उपसमितिले फरक(फरक प्रयोजनका लागि ग्याँसको सिलिन्डरको रङ्ग फरक बनाउन सकिने पनि सुझाएको छ ।

सिफारिस

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल संगीत उद्योग संघले बुधबार राजधानीमा आयोजना गरेको ‘विश्नाथ केडिया...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा  रङ्गिएको हो। मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा...

कस्तो रहला आइतबारसम्मको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

भाइरल भेलु बाजेको निधन

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर...

एकैपटक ४८ जना उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं - सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको...

संघीय संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं - संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को...

धेरै पढिएको