१६५ निर्वाचन क्षेत्रकै नजिता आयो, कुन दललाई कति सिट ?

काठमाडौं– मंसिर ४ गते भएको निर्वाचनको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै नजिता सार्वजनिक भएको छ। सोमबार बिहान दोलखाको नतिजा सार्वजनिक भएसँगै प्रत्यक्षतर्फको अन्तिम नतिजा पनि सार्वजनिक भएको हो।

प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले सर्वाधिक ५७ सिट जितेको छ। २०७४ को निर्वाचनमा २३ सिट मात्रै जितेको कांग्रेसले यसपटक थप ३४ सिट जितेको छ।

प्रमुख दुई कम्युनिस्ट दल एमाले र माओवादी केन्द्रले भने उल्लेखनीय रुपमा सिट संख्या घटाएका छन्। २०७४ मा ८० सिट जितेको एमालेले यसपटक ४४ सिट मात्रै जितेको छ। उसले ३६ सिट कम जितेको हो। माओवादी केन्द्रले २०७४ मा ३६ सिट जितेकोमा यसपटक ठीक आधा अर्थात् १८ वटा मात्रै सिट जितेको छ।

दुई मधेस केन्द्रित दल लोसपा र जसपाले पनि सिट संख्या घटाएका छन्। २०७४ मा राजपाको रुपमा निर्वाचन लडेको अहिलेको लोसपाले ४ सिट मात्रै जितेको छ। जबकि, २०७४ मा उसले ११ सिट जितेको थियो।

२०७४ मा संघीय समाजवादी फोरमको रुपमा निर्वाचनमा होमिएको उपेन्द्र यादव नेतृत्वको दलले १० सिट जितेको थियो। यसपटक जसपाको रुपमा निर्वाचन लडेको सोही दलले जम्मा ७ सिट जितेको छ। अध्यक्ष उपेन्द्र यादव पनि पराजित भएका छन्।

२०७४ मा एक/एक सिट जितेका नेमकिपा र राष्ट्रिय जनमोर्चाले अहिले पनि एकएक सिट मात्रै जितेका छन्। त्यतिबेला एक सिट जितेको राप्रपाले अहिले ७ सिट जितेको छ। त्यतिबेला एक सिट जितेका स्वतन्त्र उम्मेदवारले यसपटक ५ सिट जितेका छन्।

एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीले १० सिट जितेको छ। विभाजनका बेलामा ११ जना प्रत्यक्ष निर्वाचित सांसद एकीकृत समाजवादीतिर लागेका थिए। सोही संख्याको आधारमा पनि उसलाई १ सिट घाटा लागेको देखिन्छ।

नयाँ दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीले ७, नागरिक उन्मुक्ति पार्टीले ३ र जनमत पार्टीले १ सिट जितेको छ। समानुपातिकतर्फको मत गणना जारी छ। पछिल्लो विवरणले सात वटा दल मात्रै राष्ट्रिय दल बन्ने सम्भावना देखिएको छ। एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत पार्टीले मात्रै तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ। सोमबार बिहानसम्म समानुपातिकतर्फ १ करोड ४ लाख २० हजार १२५ मत गणना भइसकेको छ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको