पाँचथरको फालेलुङमा सातौँ चौँरी पर्यटन महोत्सव (तस्वीरहरू)

पाँचथर- पाँचथरको फालेलुङ ४ चाररातेमा ७ औँँ अन्तराष्ट्रिय चौँरी महोत्सव सम्पन्न भएको छ। नयाँ बर्षको अवसरमा  आन्तरिक पर्यटन तथा बाहिय पर्यटन भित्र्याउने उद्देश्यले फालेलुङ गाउँपालिकाको सहकार्यमा नेपाल पत्रकार महासँघ, फालेलुङ कञ्चनजङ्घा पर्यापर्यटन प्रवर्द्धन संस्था र दीप ज्योती युवा क्लब सहितका सङ्घ संस्थाले आयोजना गरेका हुन् ।

समुन्द्री सतहबाट ३४५० मीटर उचाइमा अवस्थित फालेलुङ गाउँपालिका –४ चाररातेमा प्राकृतिक रमणीय दृश्यहरुले भरिपूर्ण रहेको आफैमा सुन्दर पहाडी भु–भाग हो । जुन भारतको सीमानासँग जोडिएको छ । जहाँबाट सूर्योदय सूर्यास्तसँगै कञ्चनजङ्घा र कुम्भकर्ण हिमश्रीङ्खलाहरू  देख्न सकिन्छ ।

हिमालको पर्यायका रूपमा स्थापित चौरी गाई र तिनका प्रजातिको संरक्षणसँगै चौरीजन्य उत्पादनहरूको प्रवर्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा सयभन्दा धेरै चौँरी र याक प्रदर्शनीमा रहेको थियो । योसँगै स्थानीय क्षेत्रमा उत्पादित चौरीका दूधजन्य उत्पादनहरुसंगै साँकृतिक कार्यकम पनि आयोजना गरिएको थियो । आन्तरिक र बाह्य गरी दुई हजारभन्दा बढी पर्यटकले महोत्सव अवलोकन गरेका छन् ।

चौरी पर्यटन महोत्सव अवलोकन गर्न आन्तरीक साथै भारत र सिक्किमबाट समेत पर्यटकहरुको बाक्लो उपस्थिति रहेको थियो । चौरी पर्यटन महोत्सव आयोजनाले चौरी पाल्ने कृषकहरुमा समेत चौरीपालन प्रति  आकर्षण बढाएको छ ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको