तिम्बुङ ट्रेल रन: पाँचथरका विशाल राई भए प्रथम

तिम्बुङ ट्रेल रनमा पाँचथर फिदिम–१४ का विशाल राई प्रथम भएका छन् । ४ हजार ३ सय ३५ मीटर उचाइमा रहेको पाँचथरको तिम्बुपोखरी क्षेत्रमा आयोजना भएको दौडमा ३० जनाको सहभागिता रहेको थियो । ७ दशमलव ८ किलोमीटरको दौड तिम्बुङ पोखरीदेखि पाङदुवासम्म भएको थियो ।

भातरको सिक्किमका पिङ्सो नाम्ग्याल भाटियाले दोस्रो स्थान हासिल गरे भने ताप्लेजुङको कालिखोलाका भरत बानियाँले तेस्रो स्थान हासिल गरे ।

पहिलो, दोस्रो र तेस्रोले क्रमशः ३० हजार, २० हजार १० हजार रुपैँया नगदसहित ट्रफी प्राप्त गरे । सहभागीमध्ये महिलातर्फ पहिलोपल्ट यो दूरी पार गर्ने पाँचथरको फाल्गुनन्द गाँउपालिकाकी निक्की नेम्वाङलाई १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

तिम्बुङ पोखरी क्षेत्रको प्रवर्द्धनका लागि पहिलोपल्ट ट्रेल रनको आयोजना गरिएको पोखरी संरक्षण समितिका अध्यक्ष याम बहादुर बानियाँले जानकारी दिए । पूर्वको चर्चित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक आकर्षित गर्न यो दौड राखिएको थियो । पछिल्ला बर्षहरुमा यहाँ आउने आन्तरीक पर्यटकको संख्यामा बढोत्तरी भएको पर्यटन व्यवसायी अमिर राईले जानकारी दिए ।

एपी तोलाङ्
एपी तोलाङ्
तोलाङ् फोटो पत्रकार हुन् । उनी विशेष गरेर पर्यटन विटमा रहेर फोटो पत्रकारिता गर्छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको