चुङ्बा शेर्पाको सम्मानमा सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने

काठमाडौं – प्रसिद्ध वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको योगदानलाई सम्मान गर्दै नेपाल सरकारले फोटो प्रतिस्पर्धा तथा सम्मान कार्यक्रम स्थापना गर्ने घोषणा गरेको छ। बिहीबार राजधानीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले सो घोषणा गरेका हुन्।

मन्त्री शाहीले शेर्पाले जैविक विविधता, वन्यजन्तु तथा चराचुरुङ्गीलाई विश्वसामु चिनाउने उल्लेखनीय योगदान गरेको भन्दै उहाँको नाममा फोटो प्रतिस्पर्धा राखिने जानकारी दिए। उनले भने, ‘चुङ्बा शेर्पाले खिचेका तस्बिरहरूले नेपालको जैविक विविधतालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन्। उहाँको योगदानको कदर गर्दै सम्मान तथा फोटो प्रतिस्पर्धा आयोजना गरिनेछ।’

 

शेर्पाको योगदानबारे चर्चा गर्दै मन्त्री शाहीले उहाँको जीवनी नयाँ पुस्ताका लागि खोज र अनुसन्धानको विषय बन्ने बताए। ‘चुङ्बा शेर्पा यस्ता फोटोग्राफर थिए, जसले तराईदेखि हिमालसम्मका वन्यजन्तुको तस्बिर खिचे। विशेष गरी खुम्बु क्षेत्रको हिमचितुवालाई विश्वमाझ चिनाउने श्रेय उहाँलाई जान्छ,’ उनले भने।

सोलुखुम्बुको खुम्बुपासाङ गाउँपालिकाको लुक्ला निवासी शेर्पा राजनीति, समाजसेवा र पर्यटन व्यवसायमा पनि सक्रिय थिए। उनी तत्कालीन चौंरीखर्क गाविसका पूर्व प्रमुख तथा नेपाली कांग्रेसका स्थानीय नेता थिए। साथै, विद्यालय व्यवस्थापन समितिका अध्यक्षको रूपमा पनि उनले शिक्षा क्षेत्रमा योगदान दिएका थिए।

लामो समय यती एयरलाइन्समा कार्यरत रहेका शेर्पाले होटल व्यवसायको समेत अनुभव सँगालेका थिए। ५७ वर्षको उमेरमा वाइल्डलाइफ फोटोग्राफी सुरु गरेका उनले हिमाल, पहाड र तराईका दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गीका उत्कृष्ट तस्बिरहरू खिचेका थिए। छोटो समयमै चर्चित वाइल्डलाइफ फोटोग्राफरको रूपमा स्थापित भएका शेर्पाको तस्बिरहरूले नेपालका वन्यजन्तुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

श्रद्धाञ्जली कार्यक्रममा शेर्पाको नाममा निर्माण गरिएको डकुमेन्ट्री पनि प्रदर्शन गरिएको थियो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोटोग्राफी संस्थासँग आबद्ध रहेका शेर्पाको ६४ वर्षको उमेरमा गत पुस २९ गते निधन भएको थियो।

 

सुशील श्रेष्ठ
सुशील श्रेष्ठhttp://annapurnatimes.com
श्रेष्ठ फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर वाइल्डलाइफ, कला संस्कृति र पर्यटन क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको