ललितकलामा ‘वाटरकलर ओडिसी’ कला प्रदर्शनी सुरु (तस्वीरहरू)

काठमाडौं – नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट ग्यालरीको संयुक्त आयोजनामा ‘वाटरकलर ओडिसी’ कला प्रदर्शनी सुरु भएको छ। प्रदर्शनीको उद्घाटन नेपालका लागि चिनियाँ राजदूत छेन सोङ (Chen Song) ले गर्नुभएको हो।

राजदूत सोङले नेपाल, बङ्गलादेश, र चीनलाई भौगोलिक रूपमा मात्र नभई कला र सांस्कृतिक सम्बन्धले पनि जोड्ने बताउनुभयो। साथै, उहाँले यस्ता प्रदर्शनीहरूले पारस्परिक सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्ने धारणा व्यक्त गर्नुभयो।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले कला विश्व भाषा भएको उल्लेख गर्दै यसले संस्कृतिबीचको सेतुको भूमिका खेल्ने बताउनुभयो। नेपाल पर्यटन बोर्डकी निर्देशक नन्दनी लहे थापाले प्रदर्शनीमार्फत दक्षिण एसियाको पुरातात्विक सांस्कृतिक सौन्दर्य झल्किएको धारणा राख्नुभयो।

प्रदर्शनीका चिफ क्युरेटर तथा प्राज्ञसभा सदस्य प्रदीप शाक्यले नेपाल, चीन, र बङ्गलादेशबीचको सम्बन्धलाई ‘डाइमन्ड जेम’ सँग तुलना गर्दै यस्ता कार्यक्रमले कुशल जलरङ कलाकार जन्माउन सहयोग पुर्‍याउने बताउनुभयो।

प्रदर्शनीमा बङ्गलादेश, चीन, र नेपालका चर्चित कलाकारहरू सहभागी छन्। तीमध्ये बङ्गलादेशका अब्दुल्लाह अल बशीर, कमरुज्जोहा, कनक चम्पा चकम, मङ मङ शो, शाहानूर मामुन, सौरभ चौधरी, चीनका चेन लिउ, ली होङबिङ, ली यीशियाङ, लिआङ बिङयु, पेंग केयुए, वाङ होङयुन तथा नेपालका रतन कुमार राई, डी.राम पाल्पाली, जीवन राजोपाध्याय, सृजन राजभण्डारी, केशव राज खनाल, एन.बी. गुरुङ सहभागी छन्।

फागुन १० गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ४० वटा कलाकृति राखिएका छन्। प्रदर्शनीको क्युरेटिङ टिममा मङ मङ शो, लिआङ बिङयु, प्रदीप शाक्य, र सौरगंगा दर्शनधारी रहेका छन्।

    

सुशील श्रेष्ठ
सुशील श्रेष्ठhttp://annapurnatimes.com
श्रेष्ठ फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर वाइल्डलाइफ, कला संस्कृति र पर्यटन क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको