शिवरात्रि नजिकिँदै गर्दा देवी-देवताका चित्रले सजिँदै पशुपतिनाथ मन्दिरका भित्ताहरू (तस्वीरहरू)

काठमाडौँ – महाशिवरात्रि नजिकिँदै जाँदा पशुपतिनाथ मन्दिर परिसरमा भव्य तयारी भइरहेको छ। चित्रकारहरू मन्दिरका भित्ताहरूमा देवी-देवताका सुन्दर चित्रहरू कोर्ने काममा व्यस्त छन्। पशुपति क्षेत्रभित्रका विभिन्न पर्खाल र खाली ठाउँहरूलाई धार्मिक कला र संस्कृतिसँग जोड्ने प्रयासस्वरूप यी चित्रहरू बनाइएका हुन्।

चित्रकारहरूका अनुसार यी चित्रहरूले पशुपति क्षेत्रमा आउने भक्तजनलाई धार्मिक वातावरण प्रदान गर्नुका साथै कला संरक्षणको पनि सन्देश दिन्छ। महाशिवरात्रिका लागि हजारौँ भक्तजनको घुइँचो लाग्ने पशुपतिनाथ मन्दिर क्षेत्र अहिले नै चहलपहलपूर्ण देखिन्छ।

यस क्रममा मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरू चित्रहरू अवलोकन गर्दै तस्बिर खिच्ने र सेल्फी लिने क्रम बढेको देख्न सकिन्छ। धेरै भक्तजनहरूले सामाजिक सञ्जालमा यी चित्रहरू साझा गर्दै धार्मिक र सांस्कृतिक महत्वको प्रचार गरिरहेका छन्।

पशुपति क्षेत्र विकास कोषले शिवरात्रि नजिकिँदै गर्दा सरसफाइ, व्यवस्थापन र सजावटमा विशेष ध्यान दिइएको जनाएको छ। महाशिवरात्रिका लागि भारत तथा अन्य देशबाट समेत साधु-सन्तहरूको आगमन भइसकेको छ। भक्तजनहरूलाई सहज दर्शनका लागि सुरक्षा तथा व्यवस्थापनका विभिन्न उपायहरू अपनाइएका छन्।

शिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा लाखौँ श्रद्धालुको भीड लाग्ने अनुमान गरिएको छ। धार्मिक महत्त्वका कारण यो दिन पशुपति क्षेत्र मात्र होइन, देशभरका शिव मन्दिरहरूमा विशेष पूजाअर्चना गरिन्छ।

 

सुशील श्रेष्ठ
सुशील श्रेष्ठhttp://annapurnatimes.com
श्रेष्ठ फोटो पत्रकार हुन् । उहाँ विशेष गरेर वाइल्डलाइफ, कला संस्कृति र पर्यटन क्षेत्रमा रहेर फोटो पत्रकारिता गर्नुहुन्छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको