प्रधानमन्त्री ओलीले कुलमानबारे संसदमा दिए यस्तो जवाफ 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्ने सन्दर्भमा प्रश्न उठ्नु स्वाभाविक भएको बताएका छन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा प्रतिपक्षले संसद अवरोध गरेपछि आज संसदमा सम्बोधन गर्दै उनले कर्मचारी सरुवा तथा पदमुक्ति सामान्य प्रक्रिया भएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले सरकारलाई राष्ट्रसेवक कर्मचारीसँग स्पष्टिकरण माग्न, सरुवा गर्न वा पदमुक्त गर्न कानुनी अधिकार रहेको बताए। उनले भने, “सामान्यतः कुनै पनि कर्मचारीबाट विभागीय मन्त्रीले आफूप्रति लोयल्टी फिल गरेन भने चेन अफ कमाण्डले काम गर्दैन। विभागीय मन्त्रीको निर्णय सही वा गलत छ भन्ने परीक्षण हुने ठाउँमा नै हुनेछ। सरुवा गर्ने, जगेडामा राख्ने वा स्पष्टिकरण माग्ने काम कुनै पनि सरकारले गर्दै आएको विषय हो।”

ओलीले कुनै निर्णयप्रति असन्तुष्टि भए कानुनी उपचार खोज्न सकिने जानकारी गराए। “चित्त नबुझ्ने पक्षले कानुनी उपचारको हक राख्छ, यो प्रक्रिया जहिले पनि हुँदै आएको छ।”

प्रधानमन्त्री ओलीले कुलमान घिसिङको नाम नलिई सरकारले लिएको निर्णयको बचाउ गरे। उनले संसद अवरोध हुनु अनुचित भएको बताउँदै भने, “महत्वपूर्ण संसदीय कार्यहरू प्रभावित हुने गरी संसद अवरोध गर्नु उचित होइन।”

प्रधानमन्त्री ओलीले यस विषयमा थप बहस आवश्यक नभएको उल्लेख गर्दै भने, “यो विषय सम्मानित अदालतमा विचाराधीन छ, त्यसैले संसदमा यसबारे थप चर्चा गर्नु विधिसम्मत हुँदैन।”

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको