यस्तो छ राष्ट्रिय गौरवको सुनकोशी–मरिण ड्राइभर्सन आयोजनाको पछिल्लो अवस्था (तस्वीरहरू)

काठमाडौँ – जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले राष्ट्रिय गौरवको सुनकोशी–मरिण ड्राइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ, हेडवक्स र पावरहाउसको स्थलगत निरीक्षण गर्नुभएको छ।

१३.२ किलोमिटर लामो सुरुङ निर्माण कार्य सम्पन्न भइसकेको जनाउँदै मन्त्री खड्काले अब हेडवक्स र पावरहाउस निर्माण कार्यलाई लक्ष्यअनुसार अघि बढाउन निर्देशन दिनुभयो।

१४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनाबाट १ लाख २२ हजार हेक्टर मधेश प्रदेशको जमिनमा सिँचाइ सुविधा पुग्नेछ भने ३२ मेगावाट विद्युत उत्पादन हुनेछ त्यस्तै कुल पानीको १० प्रतिशत खानेपानीका लागि प्रयोग गरिनेछ।

निरीक्षणका क्रममा मन्त्री खड्काले आयोजना समयमै सम्पन्न गर्नका लागि ठेकेदार, कन्सल्ट्यान्ट, कर्मचारी तथा सरोकारवाला सबै पक्ष गम्भीरतापूर्वक जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले सरकारको तर्फबाट कुनै कमी नहुने र आवश्यक सबै सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको