नयाँ सांसदहरूको लागि यस्तो बन्यो अस्थायी बैठक कक्ष (तस्वीरहरू)

काठमाडौं – आगामी चैत १२ गते बस्ने नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण कार्यक्रमका लागि संसद सचिवालयले तयारी पुरा गरेको छ।

सिंहदरबारस्थित संघीय संसद भवनमा आयोजना हुने उक्त कार्यक्रममा नयाँ सांसदहरूलाई स्वागत गर्न र कार्यक्रमलाई व्यवस्थित बनाउन बैठक कक्षको व्यवस्थापन, प्राविधिक उपकरणहरूको जाँच तथा सरसफाइका कामलाई अन्तिम चरणमा  पुर्याएको छ।

मंगलबार सिंहदरबारमा निर्माण भइरहेको संसद भवनको हालसम्मको तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै संसद सचिवालयले शपथ र सभाका प्रारम्भिक बैठकका लागि बहुउद्देश्यीय हलमा आवश्यक सम्पूर्ण तयारी गरिएको जनाएको हो ।

सचिवालयका अनुसार प्रतिनिधिसभाको मुख्य हल निर्माण नभएका कारण बहुउद्देश्यीय हलमा नै प्रारम्भिक चरणका बैठकहरु बस्ने छन् । त्यसका लागि सिटहरु, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँ लगाएतको व्यवस्थापन भइरहेको संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

संसद सचिवालयका अनुसार सपथ ग्रहण कार्यक्रमलाई मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक सबै पूर्वतयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रममा ध्वनि प्रणाली, प्रकाश व्यवस्था तथा बैठक व्यवस्थापनलाई विशेष ध्यान दिइएको छ।

नवनिर्वाचित सांसदहरूले सोही दिन पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय गरिएको छ। सपथ ग्रहणसँगै नयाँ प्रतिनिधिसभाको औपचारिक कार्यकाल प्रारम्भ हुने जनाइएको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको