माघे संक्रान्ति : कुन जातिले किन र कसरी मनाउँछन् ?

काठमाडौं – नेपाली पात्रोको अनुसार १०औँ महिनाको पहिलो दिनको रुपमा माघे संक्रान्ति चाड मनाइन्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । आजको दिन पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाने गरिन्छ । तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । त्यसैले ‘पुसमा पाक्के, माघमा खाके’ भन्ने भनाइ प्रचलनमा छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गथ्र्यो तर यो वर्ष भने कोरोनाको कारण मेलाका कार्यक्रमहरु सबैजसो हटाइएको छ । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पनि पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महीनाको समयलाई उत्तरायण भनिने धर्मविद्धको भनाइ रहेको छ ।
नेपालमा विभिन्न समुदायमा विभिन्न नामले माघ १ गतेलाई मनाइने गरिन्छ ।

तराइमा खिचडी तथा तिलवाच्युरा र तुसारी पर्व

तराईवासीले पनि माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महीनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । तराईका जिल्लाहरूमा मैथिलीले तिला सङ्क्रान्ति पर्वका रूपमा मनाउँछन । यस पर्वमा परिवारका अग्रज र आमा–बाबुले आफ्ना सन्ततिलाई सख्खर र तिल खुवाई उनीहरूबाट बुढेसकालमा सेवा गर्नुपर्ने बचन लिने गर्छन ।

तराईमा यस दिन खिचडी, तिल र चिउराका लड्डुलगायतका परिकार बनाएर खाने गरिन्छ । यी परिकार पूजापाठ गरी सर्वप्रथम घरका देवदेवीलाई चढाइन्छ । मिथिलाञ्चलमा भक्तजनले माघे सङ्क्रान्तिका दिन बिहानै चोखो भई प्रसन्न मुद्रामा भगवती मन्दिरका प्रवेशद्वार तथा आ–आफ्नो घर–आँगनमा कमलको फूलजस्तै चित्र बनाई श्रृङ्गार गर्छन । कतिपय धर्मावलम्बीले बिहान नुहाएर भगवतीको उपासना गर्ने र कतिपयले भगवतीको प्रतिमासामु तेल, चामल, सख्खर आदि चढाएर आफूभन्दा कान्छो मानिसको हातमा दिने चलन छ । धार्मिक मान्यताअनुसार भगवान र भगवती दुवैलाई सम्मान र श्रद्धाका साथ पूजाआजा गरी भगवतीलाई सिन्दूर, चुरा र तिलको लड्डु चढाउने गरिन्छ भने भगवानलाई मिठाई, फलफूल र तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडीको भोग लगाइन्छ । यस पर्वमा खिचडी खान अनिवार्य भएकाले यसलाई खिचडी पर्व पनि भनिन्छ ।

यो पर्वमा ब्राह्मण भोजनको पनि व्यवस्था गरिन्छ । ब्राह्मणलाई दान गर्नका लागि तिल तथा सख्खरबाट बनाइएको लड्डुको प्रयोग गरिन्छ । यस पर्वमा तिल तथा चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई तिलवाच्युरा पनि भन्ने चलन छ । यसबाहेक चामल, खिचडीका सामग्रीहरू जस्तै मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ र दही दान गरिन्छ । कतिपय सम्पन्न व्यक्तिले जुत्ता, छाता, ठूलो रूमाल र कम्बल पनि दान गर्छन् । उक्त दान आफ्ना लागि वा पितृहरूका लागि पनि दान गर्ने परम्परा रहिआएको छ ।

खासगरी मैथिल महिलाका लागि तिला सङ्क्रान्ति पर्वको अझ बढी महत्त्व छ । यसै दिनदेखि कन्याहरू सुयोग्य वर प्राप्तिको कामनाले तुसारी पर्व मनाउन थाल्छन भने विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन । यस पर्वमा नवविवाहित दुलहाको घरबाट दुलहीको माइतमा तिल वा चिउराको कोसेली र जाडोमा लगाउने लुगा पठाइ दिने परम्परा पनि छ । यस प्रथालाई मैथिलीमा जडाउर भनिन्छ । धेरैजसो मिथिलावासी यसै दिनदेखि माघ स्नान सुरू गर्छन, अर्थात माघ महिनाभर एकाबिहानै नुहाएर घिउखिचडी खान्छन ।

मगर समुदायको माघे संक्रान्ति

मगर समुदाय तथा किँरात समुदायमा पनि धुमधाम साथ माघे संक्रान्ति मनाउने गरिन्छ । माघे सङ्क्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । बालकहरू धनु काँड खेल्दै माघे सङ्क्रान्तिमा रौनक थप्ने काम गर्छन । वनतरुलबिना दिदी बहिनीलाई पूजा गर्न नमिल्ने मान्यता भएकोले पुस मसान्तमा दाइ भाइ जिरेलतिर लाग्छन घरमा बसेकाहरू धान कुट्दै, सक्खर तथा घरतरुल खनेर तयारी गर्छन अबेर वनतरुल लिएर फर्केका भाइहरू रात भर तरुलपकाउने देखि पुरी बनाउने अधिष्ठान्न भोजन पकाउनुमा व्यस्त हुन्छन माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खाली पेटमा कुलकुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई ुनिस्रोले पुज्ने गर्छन्। पूजा गर्दा थालमा अलिकति चामलका साथ विभिन्न तरुल, पुरी, मिठाई आदि खानेकुरा र दक्षिणा राखेर दिने चलनलाई निस्रो भनिन्छ। त्यसपछि वंशजका साथै विवाह गरेर छिमेकी गाउँठाउँमा पुगेका दिदीबहिनीलाई ुनिस्रो बाँड्दै घरघरमा पुग्छन ।

दोस्रो दिन युवतीहरू माघ खानलाई वनभोज जस्तैगरि समूह–समूहमा बाँडिएर गाउँभन्दा टाढा बर्खे गोठतिर लाग्छन दाजुभाइले निस्रोमा टक्राएको चामल र विभिन्न खानेकुरा बोकेका उनीहरू साथमा खाना पकाउने भाँडाकुँडा पनि लान्छन्। निस्रोमा आएको खानेकुरा र चामल त्यही दिन सिध्याउने चलन रहेकाले उनीहरू दिनभरिमा ५ या ६ पटकसम्म त भातको विभिन्न परिकार बनाएर खान्छन गाउँमा धान नहुने भएर पनि होला, चामलको भात चिजु हुन्छ, त्यसैले त्यो दिन युवतीहरू अमन लाग्नेगरी भातबाट बनेका परिकारको स्वाद लिन्छन्। कहिलेकाहीं घरबाट धनुकाँड खेल्दै ुमाघ खान गएका युवतीहरूकहाँ पुगेका युवाहरूले पकाएको खाना खाइदिँदै थप रमाइलो र ठट्टा गर्ने पनि गर्छन ।

माघे सङ्क्रान्तिको अन्तिम दिन गाउँभरिका पुरुष भेला भएर ुतारो हान्नेु चलन छ। विभिन्न स्थानमा धनुषकाँडले तारो हान्ने गरे पनि झुम्लाबाङमा काठको फ्ल्याकमा अंगारले लगाइएको गोलो चिन्हलाई बन्दुकको निसाना बनाइन्छ। पर्वको रमझममा हल्लिँदै निसाना ताकेकाहरूमध्ये जसले गोलो चिन्हमा लगाउन सक्छ, त्यसलाई तितेपाती लगाई सम्मानसाथ काँधमा बोकेर गाउँ घुमाउने र खानेकुरा खुवाइन्छ। साँझतिर स(साना केटाकेटी जम्मा भएर घर(घरमा गई ुबासी आन्द्रा पाई कि नपाईु भन्दै सोध्ने गर्छन्। उनीहरूलाई पर्वमा बचेखुचेका खानेकुरा दिइन्छ । यसरी मगर समुदायमा माघे सङ्क्रान्ति हर्षाेलासपूर्वक मनाइन्छ ।

थारुको माघी

माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुसको अन्तिम दिन घर–घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायतको परिकार बनाएर जाँडको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई धमार भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजीकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई माघ लहानु भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई खिचरहवा भनिन्छ ।

यो पनि पढ्नुहोस्

किन खाने चाकु ? यस्ता छन् फाइदा

यसरी पकाउनुहोस् स्वादिलो खिचडी, यति धेरै छन् फाइदा

चिनीको उत्तम विकल्प सख्खर, यसरी खाए फाइदै फाइदा

कन्दमुल किन खाने ? यस्ता छन् फाइदा र बेफाइदा

 

 

 

 

सिफारिस

बालकुमारीमा आगो लाग्दा फार्मेसीसहित ४ वटा पसल जले

काठमाडौं – बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ। महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी र गण्डकी...

देशभर चिसो बढ्दै, काठमाडौँमा पनि दिनदिनै रेकर्ड तोड्दै

देशभर चिसो बढ्दै जाँदा काठमाडौँ उपत्यकाको तापक्रमले दिनदिनै रेकर्ड तोड्न थालेको छ। मंगलबार यो वर्षअन्तर्गत हिजोसम्मकै कम ९.९ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

देशभर चिसो बढ्दै, काठमाडौँमा पनि दिनदिनै रेकर्ड तोड्दै

देशभर चिसो बढ्दै जाँदा काठमाडौँ उपत्यकाको तापक्रमले दिनदिनै रेकर्ड...

नेपाल प्रहरीका ३२ सई वरिष्ठ सईमा बढुवा सिफारिसमा (सूचीसहित)

काठमाडौं – प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीका ३२ प्रहरी...

विराटनगर किङ्सले सार्वजनिक गर्यो आफ्नो जर्सी तथा एन्थम

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को टोली...

मौसम: आज यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

यस्तो छ नेपाल प्रिमियर लिगको सार्वजनिक खेल तालिका

काठमाडौं – सोमवार नेपाल क्रिकेट संघ(क्यान) ले पहिलो संस्करणको...

धेरै पढिएको