एमाले सक्ने योजनामा माधव नेपाल सम्मिलित विपक्षी गठबन्धन,लालबाबु पण्डितले दिए यस्तो चेतवानी

काठमाडौँ – नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री लालबाबु पण्डितले माधव नेपाल सम्मिलित  नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन समाप्त गर्ने योजनासहित बनाइएको दाबी गरेका छन्।

उनले सामाजिक सन्जाल लेख्दै यो गठबन्धन समाप्त गर्नको लागि हो यसमा एमालेका कोहि नेता रनभुलमा नपर्न आग्रह गरेका छन्।

‘अहिले नेपाली कांग्रेसको नेतृत्वमा बनेको गठबन्धन नेकपा एमालेलाई कमजोर बनाई समाप्त गर्नका लागि हो’, उनले भनेका छन्, ‘नेकपा एमालेका कोही नेता रनभुलमा आफ्नो घरमा आगो लगाएर खुसियालीमा नरमाऊ।’

उनले यस्तो कदम नसच्याए इतिहासले धिक्कार्ने पनि बताएका छन्। ‘यस्तो कामलाई इतिहासले धिक्कार्नेछ’, उनले भनेका छन्, ‘पछि आँसु पुछ्नेवाला कोही नभेटिएला। नेपालको जय होस् नेकपा एमालेको जय होस्।’

एमाले मिल्ने दिशातर्फ अघि बढिरहेका बेला सोमबार दिउँसो एमालेका असन्तुष्ट नेता माधवकुमार नेपालको घरमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक बसेपछि लालबाबुले यसो भनेका हुन्।

तत्कालीन नेकपामा विवाद देखिँदा सुरुमा लालबाबु पनि माधव नेपाल समूहमै थिए। तर उनले एमाले विभाजनको पक्षमा आफू नलाग्ने भन्दै संस्थापनमै रहँदै आएका छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको