फेरि अर्को हिन्दू मन्दिरमा तोडफोड, ज्यादतिविरुद्ध भोक हड्ताल घोषणा

एजेन्सी-बंगलादेशमा फेरि अर्को हिन्दू मन्दिरमा तोडफोड गरिएको छ। अल्पसंख्यक हिन्दू समुदायको आस्थामाथि एकपछि अर्को हमला भइरहेका बेला आईतबार अज्ञात मुस्लिम आक्रमणकारीहरुले हिन्दू मन्दिरमा तोडफोड गरेका हुन्।

आक्रणकारीले राजधानी ढाकाबाट १५७ किलोमिटर टाढा रहेको हिन्दू मन्दिर तोडफोड गरेर त्यहाँ भएको नगद लुटेका हुन्।

गत बुधबार दुर्गा पूजाका क्रममा मुसलमानहरुले हिन्दू मन्दिरमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो। हिन्दू आस्थामाथि भएको हमलाको विरोधमा आइतबार प्रदर्शनमा उत्रिएका हिन्दूमाथि मुसलमानहरुले हमला गरेका थिए। झडपमा एक प्रहरी अधिकारीसहित ४० जना घाइते भएका थिए।

मुस्लिम समूहले विभिन्न मन्दिर र हिन्दूहरुको स्वामित्व भएका पसलमा आक्रमण गरि लुटपाट मच्चाएपछि सरकारले थप प्रहरी र अर्धसैनिक बल परिचालन गरेको थियो।

दुर्गा पुजा मनाउने क्रममा शनिबार दिनभर आक्रमणकारीले हिन्दू मन्दिर तोडफोड गर्नुका साथै हिन्दू धर्मालम्बीलाई कुटपिट गरेका थिए। आक्रमणकारीले काली मन्दिरका ६ ओटा मूर्ति तोडफोड गरेका थिए ।

यसैबीच, दुर्गा पूजाका क्रममा हिन्दूमाथि भएको हमलाको बिरोधमा बंगलादेश हिन्दू बौद्ध क्रिष्चियन एकता परिषद्ले २३ अक्टोबरदेखि अनसन र भोक हड्ताल घोषणा गरेको छ। ढाकाको शाहबाघ र चित्तगोङमा बिरोध कार्यक्रम गरिने परिषद्का महासचिब राना दासगुप्ताले पत्रकार सम्मेलनमा जानाकारी दिए।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको