फेरि अर्को हिन्दू मन्दिरमा तोडफोड, ज्यादतिविरुद्ध भोक हड्ताल घोषणा

एजेन्सी-बंगलादेशमा फेरि अर्को हिन्दू मन्दिरमा तोडफोड गरिएको छ। अल्पसंख्यक हिन्दू समुदायको आस्थामाथि एकपछि अर्को हमला भइरहेका बेला आईतबार अज्ञात मुस्लिम आक्रमणकारीहरुले हिन्दू मन्दिरमा तोडफोड गरेका हुन्।

आक्रणकारीले राजधानी ढाकाबाट १५७ किलोमिटर टाढा रहेको हिन्दू मन्दिर तोडफोड गरेर त्यहाँ भएको नगद लुटेका हुन्।

गत बुधबार दुर्गा पूजाका क्रममा मुसलमानहरुले हिन्दू मन्दिरमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो। हिन्दू आस्थामाथि भएको हमलाको विरोधमा आइतबार प्रदर्शनमा उत्रिएका हिन्दूमाथि मुसलमानहरुले हमला गरेका थिए। झडपमा एक प्रहरी अधिकारीसहित ४० जना घाइते भएका थिए।

मुस्लिम समूहले विभिन्न मन्दिर र हिन्दूहरुको स्वामित्व भएका पसलमा आक्रमण गरि लुटपाट मच्चाएपछि सरकारले थप प्रहरी र अर्धसैनिक बल परिचालन गरेको थियो।

दुर्गा पुजा मनाउने क्रममा शनिबार दिनभर आक्रमणकारीले हिन्दू मन्दिर तोडफोड गर्नुका साथै हिन्दू धर्मालम्बीलाई कुटपिट गरेका थिए। आक्रमणकारीले काली मन्दिरका ६ ओटा मूर्ति तोडफोड गरेका थिए ।

यसैबीच, दुर्गा पूजाका क्रममा हिन्दूमाथि भएको हमलाको बिरोधमा बंगलादेश हिन्दू बौद्ध क्रिष्चियन एकता परिषद्ले २३ अक्टोबरदेखि अनसन र भोक हड्ताल घोषणा गरेको छ। ढाकाको शाहबाघ र चित्तगोङमा बिरोध कार्यक्रम गरिने परिषद्का महासचिब राना दासगुप्ताले पत्रकार सम्मेलनमा जानाकारी दिए।

सिफारिस

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा ५ बाट विजयी भएको प्रमाणपत्र बुझेका छन् । निर्वाचन अधिकृतको कार्यालयमा उनले शनिबार साँझ प्रमाणपत्र बुझेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ ।...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

धेरै पढिएको