कांग्रेसको चुनाव गराउन विद्यालय नै बन्द, माओवादीले जनायो बिरोध

नेपाली कांग्रेसको चुनाव गराउन बन्द गराएका छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–५, बावियाचौरस्थित विद्या ज्योति माध्यमिक विद्यालयमा प्रांगणमा कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको हो ।

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, तथा दलगत राजनीतिक तथा अन्य सभा सम्मेलन गर्न नपाइने र दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द गर्न नपाइने उल्लेख छ । तर त्याे निर्देशिकालाई बेवास्ता गर्दै सुर्खेतमा दलको चुनाव गरिएको हो ।

विद्यालयले सूचना प्रकाशन गरी मंगलबार विदा दिएको छ ।  विद्यालय आफैंले नभई पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापाको निर्देशनमा बन्द गरिएको प्रचार्य कृष्ण सापकोटाले बताए । ‘स्थानीय सरकार प्रमुखको निर्देशन आएपछि बाध्य भएर एकदिनका लागि विद्यालय बन्द गरिएको हो,’ सापकोटाले भने ।

प्रचार्य सापकोटाले अघि भने, ‘हामीले आजको विदालाई स्थानीय विदा भनेका छौं । स्कुलले पनि स्थानीय विदा दिन पाउने अधिकार छ । अब मेयरसाबले नै निर्देशन दिएपछि हाम्रो के लाग्छ र ?’

उक्त विद्यालयमा करिब १३ सय विद्यार्थी अध्ययन गर्छन् । विद्यालय नै बन्द गराएर एउटा अमुक पार्टीको चुनाव गराउनु गलत भएको विद्यार्थी नेता जगत ढकाल बताउँछन् । ‘एउटा पार्टीको चुनावका लागि विद्यालय नै बन्द गर्नु सरासर गलत हो, यो प्रदूषित राजनीतिको उपज हो,’ ढकालले भने, ‘यस्ता गतिविधि रोखिनु पर्छ ।’

विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिकामा विद्यालय हाताभित्र दलगत राजनीतिक गतिविधि, आमसभा, गोष्ठी, अभिमुखीकरण, दलगत राजनीति तथा अन्य सभा सम्मेलन गर्न नपाइने उल्लेख छ । त्यस्तै दलीय राजनीति तथा अन्य स्वार्थका लागि विद्यालय बन्द गर्न नपाइने उल्लेख छ ।

नगरपालिकाले स्थानीय बिदा दिएर विद्यालयमा कांग्रेसको निर्वाचन कार्यक्रम राखेपछि नेकपा माओवादीको पञ्चपुरी गाउँ समितिले विरोध जनाएको छ । मंगलबार विज्ञप्ति जारी गरी उसले विद्यालय बन्द गरेर कुनै एक पार्टीको चुनाव गरिनु लोकतान्त्रिक मूल्यमान्यता विपरीत र राजनैतिक दादागिरी भनेको छ ।

‘करिव १३०० विद्यार्थीको प्रत्यक्ष भविष्यसँग जोडिएको प्रथम त्रैमासिक परीक्षा चलिरहेको अवस्थामा विद्यालय नै बन्द गर्न लगाई लोकतान्त्रिक मूल्य मान्यता र संविधानकै धज्जी उडाउँदै देखाएको राजनैतिक दादागिरी प्रति कडा आपत्ति प्रकट गर्दछौँ’ माओवादी केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको