नारायणहिटी प्रकरण : बतास समूहबारे बोले ओली, देउवालाई लगाए गम्भीर आरोप

झापा –  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले नारायणहिटी दरबार संग्रहालय ‘कप्लक्कै’ खान खोजेको आरोप लगाएका छन् । उनले नारायणहिटी ‘खानका लागि’ बतास समूहलाई देउवाले लिजमा दिएको पनि प्रष्ट पारे ।

गृहजिल्ला झापा पुगेका ओलीले नारायणहिटीमा क्याफे खोल्न दिने कुरामा सरकारको भ्रष्टाचारी अनुहार देखिएको बताए। रामायणको प्रसंग उल्लेख गर्दै ओलीले भने, ‘अहिलेको सरकार देखि हाल्नु भयो कस्तो। नाराणहिटी कप्लक्कै पारेको छ। हनुमानलाई खान जसरी मुख बाएका थिए, अहिलेको सरकारले २ सय कोषको मुख बाएको छ।’

बतास समूहका अध्यक्ष आनन्द बतासले ‘ओलीले आफूलाई ज्वाइँ भन्ने गरेको’ भनेर दिएको अभिव्यक्तिको पनि ओलीले खण्डन गरे।

‘सञ्चार माध्यममा बोलाएर म त केपी ओलीको ज्वाइँ हो भन्न लगाउनु भएछ। फोटो पनि खिचाउनु भएछ,’ उनले भने, ‘मेरा त छोरी देशभरी छन्, छोरीसँग बिहे गर्ने जति सबै ज्वाइँ हुने भए। छोरासँग बिहे गर्नेजति सबै बुहारी। यस्ता कुरा लिएर आफ्नो भ्रष्टाचार छोप्न खोज्ने छन् अहिले सरकारमा।’

आनन्द बतासले आफू प्रधानमन्त्री शेरबहादुर देउवाको निकट रहेको र झापाको भद्रपुर ससुराली भएका कारण एमाले अध्यक्ष ओलीले आफूलाई ज्वाइँ भन्ने गरेको बताएका थिए। केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला बतास समूहले नारायणहिटीमा कफी शप खोल्ने अनुमति पाएको थियो।

त्यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले राजनीतिक परिवर्तनमा कर्मचारीको योगदान उच्च रहेको उल्लेख गर्दै लोकतन्त्र खोसिएको अवस्थामा कर्मचारी सङ्कट मोचनमा अग्रसर भएको बताए । उनले कर्मचारीको हकहितका लागि लोकतान्त्रिक मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले चुनावमा निष्पक्ष रुपमा काम गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह समेत गरे । नेपाल निजामति कर्मचारी सङ्गठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरको अगुवाइमा भवन निर्माण भएको भवन निर्माण समितिका संयोजक लक्ष्मीप्रसाद गुरागाईंले बताए ।

दुई तले भवनको कूल लागत रू एक करोड ८८ लाख नौ हजार ५७० रहेको छ । भवनको शिलान्यास एमाले अध्यक्ष ओलीले नै २०७० माघ ५ गते गरेका थिए ।

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको