कोरोना फैलिरहेको बेला नेपाल फर्कदै हुनुहुन्छ ? यस्तो छ अध्यागमनको नयाँ नियम (सूचनासहित)

पछिल्लो समय कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलावट तीव्र बनेको छ । विश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि यो भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । यही बीचमा अध्यागमन विभागले नेपाल आउजाउ गर्नका लागि नयाँ नियम जारी गरेको छ ।

मन्त्रिपरिषद्को पुस ३० गतेको निर्णयअनुसार विभागले विदेशबाट नेपाल आवागमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको हो ।

विभागका अनुसार विदेश जाँदा आफू जाने मुलुकले तोकेबमोजिम खोप तथा स्वास्थ्य परीक्षण गरेको हुनुपर्ने छ। नतोकिएको अवस्थामा प्रस्थान गर्ने बोर्डिङ पास प्राप्त गर्नुभन्दा ४८ घण्टा भित्रको कोभिड–१९ को नेगेटिभ रिपोर्टको प्रमाण साथमा हुनुपर्ने छ।

यस्तै कोभिड –१९ संकट व्यवस्थापन समन्वयन केन्द्रको वेभसाइट सीसीएमसी डट गोर्भरमेन्ट डट एनपीमा लगइन गरी अन्तर्राष्ट्रिय अनलाइन प्रस्थान फारम भरेको कागजात समेत हुनुपर्नेछ ।   खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र पनि अनिवार्य गरिएको छ ।

यस्तै नेपाल आउनेको हकमा कोभिड–१९ विरुद्धको खोपको मात्रा लगाएको १४ दिन पुरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी हवाइ उडानमा चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण साथमा हुनुपर्ने व्यवस्था पनि गरिएको छ। यसबाहेक सीसीएमसीको वेबसाइटमा लगइन गरी नेपाल आउने व्यक्तिले फाराम भरी त्यसको प्रिन्ट साथमा राख्नुपर्नेछ ।

तोकिएका डकुमेण्ट पु¥याएर नेपाल प्रवेश गरेका व्यक्तिमा कोभिडको लक्षण वा चिन्ह देखिएमा एन्टिजेन परीक्षण गरी रिपोर्ट पोजेटिभ देखिए आइसोलेसन वा अस्पतालमा बस्नुपर्छ । अन्यथा ५ दिन होम वा होटलमा क्वारेन्टिनमा बस्नुपर्नेछ।

यस्तो छ अध्यागमनको नयाँ नियम

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको